• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निरीक्षण टोली खटियो नेपाली भूमिमा चीनले भवन बनाएको क्षेत्रमा

  • वीरगंज संजाल
  • ५ आश्विन २०७७, सोमबार १३:१८
  • ३६६५

    सुर्खेत । चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरिएको क्षेत्रमा निरीक्षण गर्न नेपाली टोली खटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरञ्जीवी गिरीको नेतृत्वमा शनिबार अनुगमन टोली नाम्खा गाउँपालिका-६, लिमीतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

    टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष लगायत छन् । टोलीले स्थलगत अध्ययनका लागि गएको सहायक प्रजिअ हमाल बताउँछन् |नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

    केही दिन अगाडि मात्रै स्थलगत अनुगमन गरेर आएका हमालले दुई देशको सिमानाभन्दा झण्डै दुई किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको बताए ।

    नेपाली भूभागमा बनेका ती भवन कुन प्रयोजनाका लागि बनेको हो भन्ने नखुलेको उनको भनाइ छ । ‘चिनियाँ पक्षको जिम्मेवार व्यक्तिसँग हामीले बुझन खोज्यौ तर हामीलाई त्यहाँ जान दिइएन,टाढैबाट फोटो खिचेर फर्कियौं’, हमालले अनलाइनखबरसँग भने ।

    भवन निर्माण भएको ठाउँभन्दा झण्डै दुई किलोमिटर अगाडि डाँडामा १२ नम्बर सीमास्तम्भ रहेको छ । तर त्योसँगै रहेको ११ नम्बर सीमास्तम्भ भने हराएको सहायक प्रजिअ हमालले बताए ।

    यसअघि निरीक्षणमा गएको सहायक प्रमुख जिल्ला अधिकारी गरी नेतृत्वको टोली ।

    पुरानै घाउ

    यसअघि २०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि विरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।

    ‘यो समस्या आजको नभइ धेरै पुरानौ रैछ । हामी अनुगमनमा जादाँ स्थानीयले त्यहाँ जान दिएनन् । स्थानीयले त्यहाँको प्रहरीले जान दिदैन भनेपछि हामी वारिबाटै फर्कियौ’ न्यौपाने भन्छन् ।

    नयाँ नौ वटा ब्लग निर्माण गरेर फिनिसिङको काम भै रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपान बताउँछन् । उनका अनुसार सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न नदिएको स्थानीयको गुनासो छ । त्यहाँ चिनियाँ सुरक्षाकर्मीका गाडी भने ओहोरदोहोर गरिरहन्छन् ।

    सहायक प्रजिअ हमालको नेतृत्वमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितको टोली भदौ १४ गते स्थलगत अनुगमन गरी १९ गते फर्केका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑