वासिङटन | रुस चीन विरोधी कुनै पनि गठबन्धनमा सहभागी नहुने अमेरिकाका लागि रुसी राजदूतले बताएका छन् । यदी बेलायत र फ्रान्स पनि बेइजिङलाई परमाणु वार्तामा ल्याउने वार्तामा सहभागी भए र अमेरिकाले दबाब दिए पनि रुस यो गठबन्धनमा सहभागी नहुने एन्टोनी एन्टोनोभले बताएको जापानी प्रकाशत निकी एसिया रिभ्यूले उल्लेख गरेको छ ।
अमेरिकाले चीन विरोधी गतिविधिलाई बढाइरहेको र उसको एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुसँगको सम्बन्ध उनीहरुको समर्थनमा निर्भर रहने देखिएको उनले बताए ।“विश्वभरी चीन विरोधी गठबन्धन सिर्जना गर्ने अमेरिकी प्रयास प्रत्यूत्पादक हुने छ र हाल यस किसिमको गतिविधि अन्तर्राष्ट्रिय सुरक्षा र स्थायीत्वका लागि खतरा हुनेछ,” एन्टोभको भनाई थियो । उनले थपे,“रुस चीन लगातयका तेस्रो मुलुक विरद्धको गठबन्धनमा कहिल्यै सहभागी हुनेछैन ।”
जापान, अस्ट्रेलिया र भारतसँग अमेरिकाले ‘द फ्रि एन्ड ओपन इन्डो–प्यासिफिक’ को बारेमा वार्ता गरेसँगै यो प्रयास कहिले पारदर्शी र समावेशी नहुने धारणा एन्टोभको थियो । अमेरिकाले विद्यमान बहुपक्षिय संगठनहरु र अन्तर्राष्ट्रिय कानुनको स्थापित मूल्य मान्यताको सट्टा नियम आधारित अवस्थामा जोड दिएको उनले बताए ।वासिङटन र बेइजिङबीचको व्यापार युद्धको सम्भावित निरन्तरतालाई उनले विश्वव्यापी अर्थतन्त्रको खतरा भएको उल्लेख गरे ।