• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामाजिक सुरक्षाको योगदान रकम सरकारले ति-यो

  • वीरगंज संजाल
  • ५ आश्विन २०७७, सोमबार १४:०४
  • ३२९७

    वीरगंज | सरकारले लकडाउन अवधिमा श्रमिक र रोजगारदाताको दायित्वमा पर्ने सामाजिक सुरक्षावापत ८५ करोड रुपैयाँ बराबरको योगदान रकम श्रमिकका लागि निकासा गरेको छ । यसअघि बैशाखको १८ करोड रुपैयाँ बराबरको योगदान रकम निकासा भइसकेको छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा गर्नुपर्ने कुल ३१ प्रतिशत बराबर हुन आउने ८५ करोड २३ लाख ४० हजार निकासा गरेको हो ।

    सरकारले अनुदानस्वरूप दिएको रकम आइतबार कोषले प्राप्त गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले लकडाउन अवधिभरका लागि नेपाल सरकारले बेहोर्ने व्यवस्था भएअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध भइ योगदान रकम जम्मा सुरु गरेका रोजगारदाता र श्रमिकको हकको खातामा जम्मा हुने बताए । “यो अनुदान वैशाख, जेठ र असार महिनाको लागि कुल सरकारबाट राहतस्वरूप प्राप्त भएका हो,” कार्यकारी निर्देशक ज्ञवालीले भने, “उक्त रकम कोषमा योगदानकर्ताका नाममा तत्काल जम्मा गरिने छ ।

    ”
    मन्त्रिपरिषद्को चैत्र १६ गतेको निर्णयानुसार कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम राहतको रूपमा नेपाल सरकारबाट नै हुने व्यवस्थाअनुरूप चैत महिनाका लागि १८ करोड ६६ हजार कोषमा निकासा भइसकेको छ । यो रकम भने कोषमा आबद्ध भई योगदान रकम जम्मा गर्न सुरु गरेका योगदानकर्ताका नाममा योगदान रकम यसअघि नै जम्मा गरी सकिएको उनले जानकारी दिए । सरकारले यससहित ४ महिनाको लगभग १ अर्ब ३ करोड रुपैयाँ अनुदानस्वरूप वितरण गरेको छ । यससँगै लकडाउन अवधिमा सामाजिक सुरक्षा योजनाको योगदान रकम र श्रमिकको संख्या पनि दोब्बरले वृद्धि भएको छ ।

    लकडाउन अवधिमा सामाजिक सुरक्षा योगदानमा आवद्ध हुने श्रमिक योगदानकर्ताको संख्या दोब्बरले बढे पनि उनीहरूको योगदान रकम भने श्रमिक र रोजगारदाताको तर्पmबाट काटिएको छैन । विगत ५ महिनासम्म उद्योग प्रतिष्ठान सञ्चालन नभए पनि सामाजिक सुरक्षा योजनामा आवद्ध हुने श्रमिक कर्मचारी संख्या वृद्धि भएको छ । हाल कोषमा मासिक योगदान रकम काटिने श्रमिकको ंसंख्या ६३ हजार रहेको छ ।

    कोषका अनुसार लकडाउन अघि ३३ हजार सूचीकरण भएको योजनामा आर्थिक क्रियाकलाप नभएको बेला समेत ३० हजार बढेका छन् । योगदानकर्ताको संख्या वृद्धिसँगै कोषमा सरकारले दिने योगदानसहित २ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ । हाल सरकारले दिने योगदानबाहेक कोषमा १ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ रहेको छ । रोजगारदाता २० र श्रमिकको दायित्वमा परेको ११ प्रतिशतसहित ३१ प्रतिशत रकम हाल सरकारले अनुदानको रूपमा दिएको पनि कोषले जनाएको छ । अर्थ मन्त्रालय विगत ४ महिनाको १ अर्ब रुपैयाँ बढी श्रमिकको योगदान रकम अनुदानको रूपमा दिएको छ । अर्थ मन्त्रालयले यसअघि वैशाख र आइतबार जेठ, असार र साउनको योगदान रकमवापत ८५ करोड कोषलाई दिएको हो ।

    हाल कोषमा योगदानकर्तासहित १ लाख ७४ हजार ४ सय ७४ श्रमिक सूचीकृत भएका छ भने १२ हजार ७ सय रोजगारदाता आवद्ध भइसकेका छन् । लकडाउन अवधिमा भने १८१ प्रतिष्ठानमात्र सूचीकरण भएको कोषले जनाएको छ । हालसम्म ४०४ श्रमिकले विभिन्न ४ शिर्षकमा ८५ लाख ३६ हजार ८ सय ९९ रुपैयाँ बराबर दावी भुक्तानी लिइसकेका छन् । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी गर्नेको संख्या ३ सय ५० जनाले रहेको छ । यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा दाबी लिनेको संखया २६, आश्रित परिवार सुरक्षा दावी भुक्तानी ९ र उपदान दावी भुक्तानी संख्या १९ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑