• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सामाजिक सुरक्षाको योगदान रकम सरकारले ति-यो

  • वीरगंज संजाल
  • Sep 21, 2020, 2:04 pm
  • २३७७

    वीरगंज | सरकारले लकडाउन अवधिमा श्रमिक र रोजगारदाताको दायित्वमा पर्ने सामाजिक सुरक्षावापत ८५ करोड रुपैयाँ बराबरको योगदान रकम श्रमिकका लागि निकासा गरेको छ । यसअघि बैशाखको १८ करोड रुपैयाँ बराबरको योगदान रकम निकासा भइसकेको छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा गर्नुपर्ने कुल ३१ प्रतिशत बराबर हुन आउने ८५ करोड २३ लाख ४० हजार निकासा गरेको हो ।

    सरकारले अनुदानस्वरूप दिएको रकम आइतबार कोषले प्राप्त गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले लकडाउन अवधिभरका लागि नेपाल सरकारले बेहोर्ने व्यवस्था भएअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध भइ योगदान रकम जम्मा सुरु गरेका रोजगारदाता र श्रमिकको हकको खातामा जम्मा हुने बताए । “यो अनुदान वैशाख, जेठ र असार महिनाको लागि कुल सरकारबाट राहतस्वरूप प्राप्त भएका हो,” कार्यकारी निर्देशक ज्ञवालीले भने, “उक्त रकम कोषमा योगदानकर्ताका नाममा तत्काल जम्मा गरिने छ ।

    ”
    मन्त्रिपरिषद्को चैत्र १६ गतेको निर्णयानुसार कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम राहतको रूपमा नेपाल सरकारबाट नै हुने व्यवस्थाअनुरूप चैत महिनाका लागि १८ करोड ६६ हजार कोषमा निकासा भइसकेको छ । यो रकम भने कोषमा आबद्ध भई योगदान रकम जम्मा गर्न सुरु गरेका योगदानकर्ताका नाममा योगदान रकम यसअघि नै जम्मा गरी सकिएको उनले जानकारी दिए । सरकारले यससहित ४ महिनाको लगभग १ अर्ब ३ करोड रुपैयाँ अनुदानस्वरूप वितरण गरेको छ । यससँगै लकडाउन अवधिमा सामाजिक सुरक्षा योजनाको योगदान रकम र श्रमिकको संख्या पनि दोब्बरले वृद्धि भएको छ ।

    लकडाउन अवधिमा सामाजिक सुरक्षा योगदानमा आवद्ध हुने श्रमिक योगदानकर्ताको संख्या दोब्बरले बढे पनि उनीहरूको योगदान रकम भने श्रमिक र रोजगारदाताको तर्पmबाट काटिएको छैन । विगत ५ महिनासम्म उद्योग प्रतिष्ठान सञ्चालन नभए पनि सामाजिक सुरक्षा योजनामा आवद्ध हुने श्रमिक कर्मचारी संख्या वृद्धि भएको छ । हाल कोषमा मासिक योगदान रकम काटिने श्रमिकको ंसंख्या ६३ हजार रहेको छ ।

    कोषका अनुसार लकडाउन अघि ३३ हजार सूचीकरण भएको योजनामा आर्थिक क्रियाकलाप नभएको बेला समेत ३० हजार बढेका छन् । योगदानकर्ताको संख्या वृद्धिसँगै कोषमा सरकारले दिने योगदानसहित २ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ । हाल सरकारले दिने योगदानबाहेक कोषमा १ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ रहेको छ । रोजगारदाता २० र श्रमिकको दायित्वमा परेको ११ प्रतिशतसहित ३१ प्रतिशत रकम हाल सरकारले अनुदानको रूपमा दिएको पनि कोषले जनाएको छ । अर्थ मन्त्रालय विगत ४ महिनाको १ अर्ब रुपैयाँ बढी श्रमिकको योगदान रकम अनुदानको रूपमा दिएको छ । अर्थ मन्त्रालयले यसअघि वैशाख र आइतबार जेठ, असार र साउनको योगदान रकमवापत ८५ करोड कोषलाई दिएको हो ।

    हाल कोषमा योगदानकर्तासहित १ लाख ७४ हजार ४ सय ७४ श्रमिक सूचीकृत भएका छ भने १२ हजार ७ सय रोजगारदाता आवद्ध भइसकेका छन् । लकडाउन अवधिमा भने १८१ प्रतिष्ठानमात्र सूचीकरण भएको कोषले जनाएको छ । हालसम्म ४०४ श्रमिकले विभिन्न ४ शिर्षकमा ८५ लाख ३६ हजार ८ सय ९९ रुपैयाँ बराबर दावी भुक्तानी लिइसकेका छन् । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी गर्नेको संख्या ३ सय ५० जनाले रहेको छ । यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा दाबी लिनेको संखया २६, आश्रित परिवार सुरक्षा दावी भुक्तानी ९ र उपदान दावी भुक्तानी संख्या १९ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑