वीरगंज। भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृतिम आभाव सृजना गरेर महँगो मुल्यमा बेचिरहेको व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्याजको कालोबजारी गर्ने व्यवसायीहरुलाई कारवाही गर्नसाथ मुल्यपनि तोकेको छ ।बजार अनुगमनको क्रममा प्याज सिंचित गरेर चर्काे मुल्यमा बिक्रि वितरण गर्दै अभाव सृजना गर्ने क्रम बढेपछि प्रशासनले मुल्य तोकेको हो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आज बसेको बैठकले हालका लागी प्याजको थोक मुल्य प्रति केजी ६५ र खुद्रा मुल्य प्रति केजी ७५ रुपैया तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
तोकिएको मुल्यभन्दा बढी लिएर बिक्रि वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले चेतावनी दिएको छ ।साथै आलु, प्याज लगायतका खाद्य पदार्थहरुको कालोबजारी भएको पाएमा प्रशासन कार्यालयमा उजुरी गर्न पनि आग्रह गरेको छ ।