वीरगंज । अहिले बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिकरूपमा मात्र बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज देशभर आंशिकदेखि सामन्य बदली मात्र हुने र थोरै स्थानहरूमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा मौसमसम्बन्धी कुनै चेतावनी दिइएको छैन।