वीरगंज | स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका एक हजार ११६, प्रदेश नं ५ मा २०५, प्रदेश नं १ मा १८७, प्रदेश नं २ मा १७६, गण्डकी प्रदेशमा १४८, कर्णालीमा १४१ तथा सुदूरपश्चिममा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश नं १ को उदयपुरमा २, भोजपुरमा दुई, ओखलढुंगामा एक, झापामा ६, मोरङमा ११८ तथा सुनसरीमा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ तथा सिरहामा १९ जनामा कोरोना देखिएको छ ।
यसैगरी बागमती प्रदेशको काठमाडौँमा ६९८, काभ्रेपलाञ्चोकमा ६, चितवनमा १९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ तथा सिन्धुपाल्चोकमा तीन जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ तथा लमजुङमा ६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ तथा रोल्पामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा ११७, रुकुम पश्चिममा २३ तथा दैलेखमा एक ,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर ७, कैलालीमा १७, अछाममा १६, बाजुरामा ३, डोटीमा एक, बैतडीमा २ तथा बझाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।