राजन कुमार बानिया पोखरिया २ असोज ।
पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा अाज बर्थिंग से्टर को उदघाटन भएको छ।नावगावा क्षेत्रमा एउटा बर्थिंग सेन्टर नरहेको ले अाज सेढा मा नव निर्मित बर्थिग सेन्टर को एक कार्यक्रम का बिच गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ता ले बिधवत रुपमा फिता काटेर उदघाटन गर्नु छ।बर्थिंग सेन्टर को उदघाटन गर्दै अध्यक्ष गुप्ता ले भने छिपहरमाई गाउँपालिका को पाचै वटा वडा हरु बर्थिंग सेन्टर स्थापना गरिने प्रतिबधाता गर्नु भएको छ।वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिका मा एउटा पनी बर्थिंग सेन्टर नरहेको र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिला हरु ले प्रशुती गराउन भारत को बेतिया,मैनाटाड,सिकटा लगायत तरफ जानुपरिरहेको थियो कतिपै महिला हरु ले सम्यमा स्वास्थ्य संस्था हरु मा नपुगदै बाटोमै अकाल मृत्युु हुने गरिरहेको ले सो लाई मध्यनजर गरि अाफु जितेको तिन वर्षमा पहिलो प्राथमिकता स्वास्थ्य मा बर्थिंग सेन्टर स्थापना गराएको छु।पहलो बर्थिंग सेन्टर छिपहरमाई गाउँपालिका को वार्ड नं ४ तुल्सीवर्वा मा स्थापना गरिएको छु। दोस्रो वार्ड नं २ टिहुकी सेढा मा भयो।अब वार्ड नं ३ जयमंगलापुर मा बर्थिंग सेन्टर को निर्माण समपन भईसकेको छ। छिटै नै बर्थिंग सेन्टर स्थापना हुने अध्यक्ष गुप्ता ले बताए ।पहिला यस क्षेत्रमा बर्थिंग सेन्टर नहुदा महिला हरु ले प्रसुती गराउन भारत मा जाने गर्थियो अब हाम्रा गाउँपालिका को महिला हरु लाई प्रसुती गराउन भारत तरफ जाने दिन गयो अब अाफ्नै गाउँ ठाउँ सुरक्षित प्रसुती गराउने अध्यक्ष गुप्ता ले बताए ।यस बर्थिंग सेन्टर बाट हजारौ महिला हरु ले लाभ लिने अध्यक्ष गुप्ता ले बताए । छिपहरमाई गाउँपालिका मा रहेको बर्थिंग सेन्टर मा प्रसुती गराउन अाउने महिला हरु लाई प्रोत्साहन स्वरुप गाउँपालिका बाट दुई हजार नगद सकेत दिने बताए । छिटो गाउँपालिका ले एमबिबिएस डाक्टर को बहाली गरि स्वास्थ्य संस्था मा राखिने अध्यक्ष गुप्ता ले प्रतिबधाता गर्नुभएको छ।स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर बहाली भईसकेपछी यस क्षेत्रका जनता हरु ले भारत र नेपालका बिरगंज ,पोखरिया लगायत अन्य ठाउँ हरु मा उपचार गराउन जानुपर्दैन अाफ्नै ठाउँ मा उपचार गराउन सकने अध्यक्ष गुप्ता ले बताए । छिपहरमाई गाउँपालिका को वार्ड नं १ मिर्जापुर मा बर्थिंग सेन्टर स्थापना को लागी गाउँपालिका बाट ८० लाख बजेट छुट्याई सकेको छु छिटै बर्थिग सेन्टर को लागी भवन निर्माणको काम शुरु गरिने बताए ।वार्डनं ५ भिस्वा मा पनी बर्थिंग सेन्टर को लागी त्यारी काम भईरहेको छ अाउने अार्थिक वर्षमा त्यार गरि छिपहरमाई गाउँपालिका को पाचै वाडा हरुमा बर्थिंग सेन्टर स्थापना गरि स्वास्थ्य संस्था हरु लाई मजबुत बनाउने अध्यक्ष गुप्ता ले प्रतिबधाता गर्नु भएको थियो । छिपहरमाई गाउँपालिका को पाचै वाडा हरु मा बर्थिंग सेन्टर स्थापना गरि पाचै बर्थिंग सेन्टरमा एमबुलेन्स राखिने अध्यक्ष गुप्ता ले प्रतिबद्धता गरेका छन। गाउँपालिका मा अहिले एक मात्र एमबुलेन्स खरिद गरि संचालन मा रहेको र यस अार्थिक वर्षमा एउटा एम्बुलेन्स खरिद गरि तुल्सिवर्वा र सम्भौता सेढा मा रहेको बर्थिंग सेन्टर मा एम्बुलेन्स बितरण गरिने अध्यक्ष गुप्ता ले बताए । बर्थिंग सेन्टर मा ६ जना स्वास्थ्यकर्मी हरु रहने बताए । टिहुकी सेढामा स्थापना भएको बर्थिंग सेन्टर उदघाटन कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन ले भनिन अब गाउँपालिका को महिला हरु लाई प्रसुती गराउन भारत जानु पर्दैन अाफ्नै गाउँ ठाउँ मा को बर्थिंग सेन्टर मा सुरक्षित प्रशुती गराउन दिन अायो। यस क्षेत्रका महिला हरु लाई सुरक्षित ,सहज ,नजिक भएको कारण पैसा को पनि बचत भएको छ।बर्थिंग सेन्टर संचालन भएको ले यसक्षेत्रका हजारौ महिला खुशी भएका छन।बर्थिंग सेन्टर २४ घन्टा संचालन मा रहने बताईन।बर्थिंग सेन्टर उदघाटन कार्यक्रम मा छिपहरमाई गाउँपालिका,प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ,वार्डअधयक्ष महेन्द्र साह कलवार,राजबली यादव,रामबालक राउत गदी, बिनोद साह कानु ,मौजिलाल साह, स्वास्थ संयोजक शम्भु साह, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , शमसुल मियाँ ,मुक्ति नारायण साह कानु, बिजय चौरसिया,बर्थिंग सेन्टर का हेल्थ असिस्टेन्ट श्याम प्रसाद यादव,स्टाप नर्स सरोज कुमारी ,सम्झना थलेत,अनमी मिरा चौरसिया, लगायत कर्मचारी र स्थानिय महिला पुरुष हरु को सहभागिता रहेको थियो ।