• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘लक्षणविहीनको पीसीआर परीक्षण नगरे थप फैलिन्छ कोरोना’

  • वीरगंज संजाल
  • १ आश्विन २०७७, बिहीबार १४:५७
  • २७२९

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले सुरुदेखि नै गम्भीर त्रुटि गर्दै आएको गुनासो विज्ञहरुले गर्दै आएका छन् । पछिल्लो समय सरकारले कोरोनाको लक्षणविहीन व्यक्तिको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई पनि विज्ञहरुले सरकारको अर्को एक गल्तीका रुपमा औंल्याएका छन् ।

    नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । लक्षणसहितका संक्रमितभन्दा पनि लक्षणविहीनको संख्या बढी छ । यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोनाभाइरस संक्रमणको लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्ने निर्णय गरेको हो ।

    देशभर लक्षणसहितका संक्रमित एक प्रतिशतभन्दा कम छन् भने लक्षणविहीन संक्रमित ९९ प्रतिशत छन् । काठमाडौं उपत्यकाको हकमा ७५ प्रतिशत संक्रमित लक्षणविहीन र बाँकी २५ प्रतिशत लक्षणसहितका बिरामी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डे बताउँछन् ।

    स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले लक्षण देखिएकाहरूको मात्र पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि मातहतका निकायमा पत्रसमेत पठाइसकेको छ ।

    यो निर्णयसँगै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी जोखिममा पर्ने भएका छन् भने उनीहरुले परीक्षण गर्ने बिरामीमा पनि जोखिम बढाउने देखिन्छ ।
    स्वास्थ्य मन्त्रालयको निर्णयलाई स्वास्थ्यकर्मीहरूले आलोचना गर्न थालेका छन् । अझै पनि लक्षणविहीन संक्रमितबाट अन्य व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन भन्ने बारेमा पूर्णमा अध्ययन नभएको जनस्वास्थ्यविद् शरत वन्त बताउँछन् ।  लक्षणविहीन संक्रमित ९९ प्रतिशत भएको अवस्थामा लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्ने परिपाटीले झन् संक्रमण बढाउन सक्ने उनले बताए । उनले भने, ‘सामान्य खालको संक्रमणको लक्षण देखिएर बेवास्ता गरिदिँदा झन् संक्रमण फैलन सक्छ ।’

    सरकारको यो निर्णयले अबका दिनमा कोरोनाभाइरस सम्बन्धी सामान्य खालको लक्षणलाई नजरअन्दाज गर्ने बानी बढ्दै जाने हुनाले संक्रमणको जोखिम झन् बढ्न सक्ने उनको भनाइ छ । कोरोना संक्रमणको लक्षण दुई भिन्न खालबाट हेर्न सकिने जनस्वास्थ्यविद् डा. वन्त ठान्छन् । पहिलो, कोरोना संक्रमण हुने बित्तिकै रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या आदि लक्षण देखिन सक्छ । अर्काथरीलाई संक्रमण भएको

    ४/५ दिनपछि मात्रै लक्षण देखिन सक्छ । त्यसैले लक्षण देखिनुभन्दा अघि कोरोना अरुलाई सर्न सक्छ भने लक्षणविहीनबाट पनि संक्रमण फैलिने उनको भनाइ छ । फ्रन्टलाइनमा दिनरात खटिने चिकित्सक, नर्सलार्ई कहिले कति बेला संक्रमण सर्छ भन्ने थाहा नहुने हुँदा उनीहरु सधैँ जोखिममा रहने डा. वन्त बताउँछन् ।

    नेपालमा कोरोना महामारी फैलिएको ६ महिना पुग्दासमेत देशका निजी तथा सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मीले पिपिई लगायतका सुरक्षात्मक सामग्री नपाएको गुनासो गर्दै आएका छन् । स्वास्थ्यकर्मीहरु नै संक्रमित हुँदा अस्पताल तथा अस्पतालका विभिन्न विभाग केही दिनका लागि बन्दसमेत हुने गरेको समेत पाइन्छ ।

    फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीले सुरक्षात्मक मापदण्ड अपनाएर संक्रमितको उपचारमा खटिए पनि कुनै न कुनै समयमा गल्ती हुन सक्ने र संक्रमणको चपेटामा पर्ने सम्भावना रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

    ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई लक्षण नदेखिए पनि शंकाको दृष्टिले हेर्नुपर्छ,’ उनले भने, ‘चिकित्सक, नर्स अन्य स्वास्थ्यकर्मी लक्षणविहीन संक्रमित छन् भने त झन् जोखिम बढ्न सक्छ ।’
    लक्षणविहीन सर्वसाधारण नागरिकभन्दा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बढी जोखिम हुने डा. पुनको भनाइ छ ।

    फ्रन्टलाइन खटिएका स्वास्थ्यकर्मीलाई संक्रमणको लक्षण देखिएको छैन तर मनमा शंका लागेको छ भने उसले समयमै परीक्षण गराएर ढुक्क हुन सक्ने उनी बताउँछन् ।
    मनमा शंका छ तर पैसा तिरेरमात्र पीसीआर गर्नुपर्ने अवस्था सिर्जना भएमा स्वास्थ्यकर्मीको मनोबल झन् कमजोर हुन सक्ने विज्ञहरुको भनाइ छ । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर काम गराउनुपर्नेमा स्वास्थ्य मन्त्रालयको निर्णयले मनोबल झन् कमजोर बनाउने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ संयोजक डा. सन्त दासको धारणा भने फरक छ । स्वास्थ्यकर्मीले सुरक्षात्मक सामग्री पिपिई नियमअनुसार लगाएर मात्रै बिरामीको उपचारमा संलग्न हुनुपर्छ । निजी वा सरकारी अस्पतालले महामारी फैलिएको ६ महिना पुग्दासमेत स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध नगराएको अवस्था हो भने त्यो अपराध नै हुने उनको धारणा छ । फ्रन्टलाइन, आइसियू, अन्य रोगीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनस्वास्थ्य मापदण्डअनुसार सुरक्षात्मक सामग्री लगाएमा पीसीआर टेष्ट गर्न नपर्ने डा. दास ठान्छन् ।

    ‘फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीले पूर्ण रुपमा सावधानी अपनाउने हो,’ उनले भने, ‘दिनदिनै, हप्ताहप्तामा स्वास्थ्यकर्मीले पीसीआर परीक्षण गरेर साध्य हुँदैन, लक्षण देखिएमा परीक्षण गर्नुपर्छ ।’
    ‘कोरोना संक्रमण सुरु भएको ६ महिनाभन्दा बढी भयो,’ उनले भने, ‘कहिलेसम्म स्टाफको कोरोना परीक्षण गरिरहने भन्ने निक्र्योल गर्न सकिँदैन, त्यसैले सुरक्षा मापदण्ड अपनाएर उपचारमा लाग्नुको विकल्प छैन ।’
    वर्तमान समयमा कतिपय समुदायस्तरमै कोरोना संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन् । अध्ययनहरूले लक्षणविहीन कोरोनाभाइरस संक्रमितबाट अन्य व्यक्तिलाई सर्ने सम्भावना न्यून भएकाले लक्षण वा चिन्ह देखिएका व्यक्तिहरूमा मात्रै आरटी पीसीआर परीक्षण गर्ने भनिएको उनको जिकिर छ ।

    लक्षणविहीनबाट सर्ने सम्भावना कम भएपछि लक्षणसहितका बिरामीलाई उपचारको लागि अस्पतालहरू खाली गर्नतर्फ लाग्नुपर्ने उनी ठान्छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीकाअनुसार लक्षण वा चिन्ह देखिएका व्यक्तिहरूमा मात्रै आरटी पीसीआर परीक्षण गर्ने निर्णय कार्यान्वयन भइरहेको छ । ‘लक्षणविहीन संक्रमितबाट अन्य व्यक्तिलाई सर्ने सम्भावना न्यून हुन्छ,’ उनले भने, ‘कसलाई कसरी किन परीक्षण गर्ने भन्ने बारेमा मन्त्रिपरिषद्ले निर्णय गरे पछि थाहा हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑