• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिगो विकासका लागि युवावर्गको भूमिका

  • वीरगंज संजाल
  • १ आश्विन २०७७, बिहीबार १८:२०
  • ७२८९

    वीरगंज | युवालाई देश विकासको आधार तथा सुनौलो भविष्य निर्माणका लागि ज्यादै महत्वका साथ हेरिन्छ । त्यसैले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको भूमिका अहम् रहन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ । हाम्रो सन्दर्भमा हेर्दा विकास–निर्माणमा र युवालाई नेतृत्वमा पु-याउने कार्यमा राज्य चुकेको देखिन्छ । युवावर्गलाई देशभित्रे रहेर राष्ट्रनिर्माणको कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।

    २०६६ सालमा युवालाई लक्षित गरी राष्ट्रिय युवा नीति निर्माण गरेको देखिन्छ । तर, त्यसमा विभिन्न कमजोरी रहेकाले त्यसले युवावर्गलाई समेत छुन सकेको छैन । केही अपवादलाई छाडेर अन्यलाई हेर्ने हो भने युवावर्ग विकासमा भन्दा पनि विनाशमा लागेको देखिन्छ । लागूपदार्थको दुव्र्यसनी, लुटपाट, चोरीडकैती, बलात्कार, हत्या–हिंसाजस्ता कार्यमा संलग्न हुनु दुःखद सवाल हो । युवा बेरोजगारी, सामाजिक, मनोेवैज्ञानिकलगायत समस्याका कारण हजारौंको संख्यामा शिक्षित युवावर्ग अवसरको खोजीमा विदेश पलायन भएका कारण नेपालमा प्रतिभा पलायनको क्रमसमेत बढेर गएको छ ।

    यस्तो हुनुमा हाम्रो शिक्षा अव्यावहारिक हुनु, युवा लक्षित कार्यक्रमको अभाव र नेतृत्व तहमा युवापुस्ता सहभागिताको कमी हुनु नै हो । नेतृत्वमा युवा सहभागिताका बारेमा निकै चर्चा र बहस हुने गरेका छन् । निष्कर्षमा युवालाई नेतृत्व तहमा पु-याउने कुरा पनि हुन्छन्, तर त्यहाँ पनि युवावर्गको नेतृत्व नहुँदा अनेकौं असहजतलाई आएको देखिन्छ । आज नैतिकता गिर्दै गएको र सर्वत्र तिनै नेताहरूको हालीमुहालीले हरेक क्षेत्रमा पनि बेथिति भएको सर्वविदिदै छ ।

    देशमा युवालाई आकर्षित गर्ने नीति तथा कार्यक्रम नहुँदा आज दैनिक लगभग २ हजार युवा खाडी राष्ट्रलगायत अनेकौं राष्ट्रमा श्रम बेच्न विवश भएका छन् । न्यूनतम पारिश्रमिक, त्यसमा पनि नानाथरीका पीडा सहेर ५० डिग्रीको तापक्रममा रहेर पसिना बगाउन बाध्य भएका छन् । युवाशक्तिलाई वशमा राख्न नसक्दा आफ्नो घरखेत नै बन्दकी राख्नुपर्ने अवस्था हुँदा कम्ती पीडादायी छैन । नेपालमा गरिएको सम्झौताअनुसार काम गर्न नपाइने, तोकिएअनुरूपको तलब–सुविधा नपाउने, अन्य सेवा–सुविधा पनि उल्लेख गरिएअनुसार नदिने जस्ता समस्याले ग्रसित भएका छन् ।

    निर्माण गरिएको युवानीतिमा १५ वर्षदेखि ४० वर्ष सम्मकालाई युवा मानिएको छ, तर सामान्यतया सरकारी नोकरीका लागि उपयुक्त मानी साठी वर्षसम्मका व्यक्ति नै युवा हुन भन्न सकिन्छ । युवावर्गको नेतृत्वमा उत्तम बन्न सफल विविध निजी कार्यालयहरू नभएका होइन, बैंकिङ तथा सूचना–प्रविधिका क्षेत्रमा युवा नेतृत्वले उल्लेख्य प्रगति गरेको छ, जुन राम्रो दृष्टान्तका रूपमा रहेको पनि छ । सूचना–प्रविधिको विकास तथा प्रयोगबाट नेपाली युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न सफल भएका छन् । यो कार्य आमयुवावर्गकै लागि पनि गर्व गर्ने विषय पनि हो ।

    मूलतः मूल नीतिमा रहने राजनेताहरू नै युवावर्ग हुनु जरुरी छ । किनभने यसले सबै क्षेत्रमा दूरगामी प्रभाव पार्ने देखिन्छ । जसरी पानीको मुहान स्वच्छ भएमात्रै त्यहाँबाट बग्ने पानी स्वच्छ हुन्छ, त्यसरी नै राजनीति गर्ने स्थानमा नेताहरू युवावर्गका भए मात्र त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्छ । नेपालको राजनीतिक परिवर्तनमा पनि युवावर्गको भूमिका सदैव प्रशंसनीय रहेको छ, चाहे त्यो ०७ सालको विद्यार्थी आन्दोलन नै किन नहोस् । त्यसैगरी ०४६ सालको पहिलो जनआनदोलन सफल बनाउन पनि युवा विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रह्यो ।

    लोकतन्त्र स्थापना गराउने ०६२-६३ को दोस्रो जनआन्दोलन सफल बनाउनमा पािन युवावर्गको भूमिका अद्वितीय रहन गयो । समग्रमा युवा नै देशको समस्त विकासका महत्वपूर्ण जनशक्ति हुन्, तसर्थ उनीहरूलाई परिचालन गर्नका लागि राज्यले आकर्षित र कार्यान्वयन गर्ने नीति निर्माण गर्नु जरुरी छ, जसमा युवालाई कृषि पर्यटन र अन्य विविध क्षेत्रमा स्वदेशमा नै रहेर कार्य गर्ने वातावरण सिर्जना गर्नमा विलम्व गर्नु हुँदैन । जसरी राजनीतिक परिवर्तन गर्नमा युवाको योगदान अतुलनीय रह्यो, त्यसैगरी देशको आर्थिक विकासमा उनीहरूलाई उपयोग गर्नुपर्छ, तबमात्र देशले नवीन ढंगले विकास गर्ने अवसर पाउन सक्छ । आज रोजगारी अभावकै कारण बर्सेनि ४ लाखभन्दा बढी युवा बिदेसिने गरेका तथ्यबाट पनि सहजै देखिन्छ ।

    हामो शिक्षा सीपमूलक र स्वरोजगार बन्न नसकेको वास्तविकतालाई जानेर राज्यले कुनै कदम चाल्न सकेको देखिँदैन । कृषिलाई व्यावसायिक र आकर्षणको क्षेत्र बनाउन नसक्दा आज थप समस्या सिर्जना भएको छ । विश्वव्यापी रूपमा आहत बनाएको कोरोना रोगकै कारण बेरोजगारी बढ्ने निश्चित भएको छ । यता कृषिमा रहेकाले नै राज्यबाट कुनै राहत नपाएको गुनासो चर्को रूपले उठेको देखिन्छ । यस वर्षको बजेटमा भूमि बैंकको व्यवस्था गरी कृषिलाई व्यवस्थित र आकर्षणको पेसा बनाउने भनिएको छ, जुन सकारात्मक भए पनि कार्यान्वयनका लागि निकै कठिन देखिन्छ । कोरोनाकै कारणले हजारौंको रोजगारी गुमेको अवस्थामा राज्यले युवालक्षित योजना बनाई व्यावहारिक रूपमा देखिने गरी कार्य गर्नुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑