राजन कुमार बानिया पोखरिया २९ भदौ।
पर्साको धोबिनी गाउपालिका वाड न. ५ धोबिनीमा आज एक कार्यक्रम बीच १ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
धोबिनीमा आयोजित एक कार्यक्रमका बिच धोबिनी गाउपालिका का स्थानीय महिला र पुरुषहरु नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य सलाउदिन अहमदले प्रवेशीहरूलाई अबीर तथा फुलमाला लगाई स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अहमदले जनता समाजवादी पार्टी देशको तेस्रो ठुलो दल भएको बताउदै देशभरी नै जनता समाजवादी पार्टी प्रती जनलहर बढेको बताउनु भयो ।
उनले अहिलेको केपी ओलीको सरकारले नागरिकता तथा राष्ट्रीयताको मुद्दा उठाएको आड मा सरकार टिकाउने अस्त्र बाहेक अरु केही हासील नहुने ठोकुवा गर्नु भयो ।
सरकारले गरेको भ्रष्टाचार लुकाउन जनताको ध्यान अन्य विषय तिर मोडेर नया नया नौटंकी शुरु गरिएको उनले आरोप लगाए ।
वडा एकाइ कमिटीका अध्यक्ष जगदीश सहनी ,मदन चौहान,को अध्यक्षतामा भएको पार्टी प्रवेश हुनेमा महेन्द्र सहनी ,
घुइल दवारिका सहनी
,दसरथ सहनी,रामा अशिस सहनी,सुदर्शन, लालकिसोर,रामप्रबेश ,जादोलाल
लगाएतले पार्टी प्रवेश गरेका छन।