बिरगंज । वातावरण जिउने आधार सस्थाद्वारा आज पत्रकार सम्मेलनको आयोजना गरि सिगरेट वेस्ट मेनेजमेन्ट -३७१ नामक परियोजना आज बाट बिरगंजमा सुरु गर्न लागेको सस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले जानकारी गराउनु भयो।
फालिएका चुटोटका ठुटाहरुलाई व्यवस्थापन गरि यसबाट वातावरणलाई जोगाउनुको साथ साथै रोजगारी समेत पाउने चौहानले बताए।
चुटोटका ठुटा सडन १० बर्ष समय लाग्ने भएकोले यसलाई सन्कलन गरि चुरोटको ठुटा मुक्त शहर बनाउन सकिने बताए ।यसको लागि सस्थाले बढी मात्रामा खपत हुने ठाउँमा भाडोको व्यवस्था गर्ने र प्रती केजि २०० का दरले खरिद गर्ने र त्यसबाट निस्कने बिष तथा निकोरिनलाई विघटन गरि रुईबाट सिरानी र डसना बनाउन सकिने बताए ।
एक हप्तामा एक मिलियन चुरोट संकलन भएको एक अनुसन्धानले देखाएको छ भने एक व्यक्तीले एक दिनमा ३ डिब्बा चुरोट खाने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
यश सस्थाले यश अघि पनि वातावरण सम्बन्धि शहर भित्र , हाईवोमा , खाली जग्गामा र घर आगनमा कस्तो बोटबिरुवा लगाउनु पर्छ र यसले वातावरणलाई कस्तो प्रभाव पार्छ भनेर जानकारी गराएका थिए ।त्यसै गरि सिर्सिया नदि बचाउ अभियान अन्तर्गत सिर्सियाको पानीले वातावरणलाई र जीवजन्तुका साथै मानिसको जिवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रोजेक्टरबाट जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको थियो ।
पत्रकार सम्मेलनमा वातावरण जिउने आधार सस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहान , केन्द्रिय उपाध्यक्ष रुपक पटेल , क्षेत्रीय अध्यक्ष आशुतोष चर्तुवेदी ,पर्सा जिल्ला अध्यक्ष रोहित बर्णबाल , बिशिस्ट अतिथी नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने , सदस्य जगत राई , सल्लाहकार राजन रौनियार लगायतले मन्तव्य राख्नु भएको थियो ।