वीरगंज। साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेडमी नाइन सी’ का साथ नेपाली बजारमा फिटनेश ट्रयाकर ‘मी स्मार्टब्यान्ड फाइभ’ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ ।
यो नयाँ इन्ट्री लेभलको स्मार्टफोनमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ । यसमा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिङ चिपसेटको विशेषता छ, जुन २.३ जीएचजेड सम्म जान्छ ।
रेडमी नाइन सी मा एआई ट्रीपल क्यामेरा छ, जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ मेगापिक्सेलकाे मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा सञ्चालित छ ।
फोनको पछाडि एक टेक्सचर डिजाइन छ, जसले औंलाको छापहरु बस्न दिँदैन, ताकि उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ । एआई फेस अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ ।
यस सिरिजका पहिलेका फाेन जस्तै रेडमी नाइन सीले डुअल फाेरजी स्ट्यान्डबाई सीम कार्ड र डेडिकेटेड माईक्रो एसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५ एमएम हेडफोन ज्याकका साथ आउँछ । अन्य रेडमी उपकरणहरु जस्तै, रेडमी नाइन सी ले पनि उच्च स्तरको गुणस्तर समर्थन गर्ने दाबी कम्पनीकाे छ ।
त्यस्तै कम्पनीले नेपाली बजारमा ल्याएकाे मी स्मार्टब्यान्ड फाइभ सबैका लागि प्रयाेग गर्न मिल्ने एडभान्स्ड फिटनेश ट्रयाकिङ हाे । यसमा १.१ इन्च कलर एमोलेड डिस्प्ले छ, जसको स्क्रीन पहिलेका डिभाइसभन्दा ठूलो हो ।
प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभूत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड फाइभले फिटनेशलाई फेशनेबल बनाएको छ ।
यसमा ५ एटीएम वाटर रेसिस्टान्ट प्रमाणीकरणका साथ उपकरणलाई प्रयोगकताले पानीभित्र वा बाहिर, पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् ।
११ वटा व्यायम मोडहरु सहित इन्डोर साइकलिङ, इलिप्टिकल, योग, रोइङ मेशिन र जम्प रोप सहित मी स्मार्टब्यान्ड फाइभले चाहे तपाईं जसरी कसरत गरेपनि तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।
फिटनेश बाहेक मी स्मार्टब्यान्ड फाइभको पीपीजी हार्ट रेट सेन्सर अब ५०५ एकुरेट छ, जसले तपाईं सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा आफ्नो स्वास्थ्यको बारेमा सचेत रहन सक्नुहुन्छ ।
ठूलो स्क्रीन र थपिएका नयाँ विशेषताहरुलाई सञ्चालन गर्न मी स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्मको प्रयोगको समर्थन गर्दछ । र, चार्ज गर्ने समयमा ट्रयाकरलाई ब्यान्डबाट हटाउन आवश्यक पर्दैन ।