• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजारानी चढ्ने हात्ती मर्‍यो !

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार ०८:१५
  • २५६५

    वीरगंज। अजङ्गको शरीरलाई सधैँ उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगत्मा आरामका लागि प्रायः सुत्नु नै पर्छ त्यो पनि भुइँमा लम्पसार परेर । चितवन राष्ट्रिय निकुञ्जको एउटा अजङ्गको ढोईले सुन्दरमाला आठ वर्ष उठेरै बितायो । जब भुइँमा लड्यो, उसले आफ्नै जीवन नै समाप्त गर्‍यो ।

    निकुञ्जको सौराहास्थित हात्तीसारमा रहेको सुन्दरमाला नामक हात्ती आठ वर्षदेखि कहिल्यै भूइँमा सुतेन । ऊ आफैँलाई बाँधेको खबारी (खाँबो) को सहारामा आड लगाएर निदाउने गथ्र्याे । भदौ २१ गते जब ऊ भुइँमा लम्पसार पर्‍यो, जीवनको अन्त्य पनि त्यही बेला भयो ।

    सो ढोईको नौ वर्षयता रेखदेख गर्दै आएकी फनित मीना महतो सातआठ वर्षअघि एक दिन बसिरहेका बेला जङ्गली हात्ती ‘जिरे’ले हानेदेखि मृत्यु भएको दिनसम्म ऊ नबसेको बताउछिन् । उठ्दाउठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महतोले भनिन् “धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त गर्‍यो ।” मृत्यु हुनु तीन दिनअघिसम्म हात्ती आहाराका लागि जङ्गल जाने गरेको उनले बताइन् ।

    विसं २००२ मा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याइएको हो । महतो भन्छिन् “बडामहारानी, राजारानी चढ्ने हात्ती हो रे यो ।” निकै ज्ञानी भएकाले राजपरिवारले मन पराएको भन्ने आफूले सुनेको उनले जानकारी दिइन् । पोथी हात्ती सुन्दरमाला लामो समय निकुञ्ज सुरक्षामा खटिए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठ कुनैकुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउछन् ।

    उनका अनुसार हात्तीको तौल चार हजार किलो हाराहारी हुन्छ । उनले भने “शरीर कमजोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।” आफू बसेको बेला जङ्गली हात्तीले आक्रमण गरेकाले बस्दा फेरि आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आकलन गरिएको छ ।

    निकुञ्जका विभिन्न ठाउँमा ५८ हात्ती छन् । विगतमा पर्यटकलाई घुमाउनसमेत प्रयोग हुने गरेका हात्ती पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारी साधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकाले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

    निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावालाई त्यहीँ तालीम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ । शुरुआती दिनमा भने भारतलगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याइएको हो । भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्छ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरी कुची तयार पारेर खुवाइन्छ ।  उसलाई घाँसे मैदान र जङ्गलमा चराउन पनि लगिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑