बिरगंज ।कृष्णा कुशवाहा । नेशनल मेडिकल कलेज वीरगंजले वीरगंजमा नेशनल मेडिकल कलेज अस्थाई कोरोना अस्पताल निर्माण गरेको छ । वीरगंज महानगरपालिकाको नगवमा रहेको बाबा होटलमा २० वटा आईसियुलेशन सहित १७० बेड क्षमता भएको अस्पताल निर्माण गरेको हो ।
अस्थाई अस्पतालाई आज दिउँसो २ बजे पर्साको प्रमुख जिल्ला अधिकारी आसमान तमागं, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गांगा पन्त, नेशनल मेडिकल कलेजका चयरमैन डा जैयनुदिन अंसारी, सशत्र प्रहरीका प्रमुख , सेना प्रमुख लगायतकाले संयुक्त रुपमा उद्घाटन भएको छ ।
कोरोना अस्पताललाई विश्व स्वास्थ्य संगठन ( WHO) को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाईएको र हाल आईसियु सहित १७० वटा वेड मात्र संचालनमा रहेको नेशनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारीले जानकारी दिनुभयो ।
अंसारीले १३० वटा वेड चाडै नै संचालन गरी ३०० सय वटा बेड संचालनमा आउने जानकारी दिनुभयो । अस्पताल संचालनमा प्रदेश न २ को कोरोना संक्रमितलाई उपचार गर्न सहज हुने प्रबन्धक अंसारीले बताउनुभयो ।