• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्यास खपतमा ३० प्रतिशतले कमी

  • वीरगंज संजाल
  • २६ भाद्र २०७७, शुक्रबार १४:००
  • ३४२९

    वीरगंज | पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको खपत ३० प्रतिशतले घटेको छ । कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउन र निषेधाज्ञाको कारण होटेल, रेष्टुरेन्ट तथा पार्टी प्यालेस बन्द हुँदा ग्यास खपत घटेको हो ।लकडाउनयता बजारमा ग्यासको आयातसँगै खपत पनि घट्दै गएको छ । लामो समयदेखि भएको लकडाउन र निषेधाज्ञाले गर्दा होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, कलेज, उद्योग कलकारखाना सबै बन्द हुँदा ग्यास खपत घट्दै गएको व्यवसायीको भनाइ छ ।

    नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले मुलुकभर ग्यासको खपत २५ देखि ३० प्रतिशतले घटेको जानकारी दिए । लकडाउन र निषेधाज्ञाको कारणले गर्दा ग्यासको आयातसँगै खपत पनि कम भएको उनको भनाइ छ । “होटेल, रेष्टुरेन्ट पार्टी प्यालेसमा धेरै ग्यास खपत हुने गरेको थियो,” उनले भने, “कोराना भाइरसको कारण लकडाउन र निषेधाज्ञाको कारणले बन्द हुँदा ग्यास खपत पनि कम भएको हो ।” पछिल्लो समय ग्यासको आयात पनि कम भएको निगमले जानकारी दिएको छ ।

    नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा मासिक ४० देखि ४५ हजार टन ग्यास आयात हुने गरेकोमा अहिले ३५ देखि ३७ हजार टन ग्यासको आयात भएको छ । ग्यासको आयातसँगै ग्यासको खपत समेत घटेको व्यवसायीले बताएका छन । सरकारले चैत ११ गते लकडाउन गरेलगत्तै बजारमा ग्यासको अभाव देखिएको थियो । त्यसबेला व्यवसायीहरूले आधा सिलिण्डर भए पनि उपलब्ध गराएको थियो । त्यति बेला निगमले ग्यासको आयात पर्याप्त गरेपछि अभाव हटाएको थियो । त्यसपछि बजारमा ग्यासको अभाव नभएको व्यवसासीको भनाई छ । ग्यासको खपत घटेपछि उद्योगसँग ग्यास स्टक रहेको छ ।

    लामो समयदेखि भएको बन्दाबन्दीका कारण अधिकांश मानिसहरू आफ्ना गृहजिल्ला फर्कने र पूर्ण रूपमा व्यवसाय बन्द भएसँगै बजारमा ग्यासको खपत घटेको छ । उपत्यकामा सवै भन्दा धेरै ग्यासको खपत घटेको घिमिरेको भनाइ छ ।दैनिक एक लाखभन्दा बढी सिलिण्डर खपत हुनेमा अहिले पूरै घटेको उनको भनाइ छ । व्यवसायीका अनुसार अनुसार उपत्यमामा सबैभन्दा धेरै होटल, रेष्टुराँ तथा अन्य व्यवसाय बन्द भएकाले ग्यासकोे खपत घटेको हो । त्यस्तै, लकडाउन र निषेधाज्ञामा आयातको कमी नभएको कारण ग्यासको अभाव नहुने उनको दाबी छ ।

    संघका अनुसार उपत्यकामा मात्रै दैनिक ४० हजार ग्यास खपत हुनेमा अहिले २० हजारभन्दा कम खपत व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा ७० प्रशित औद्यौगिक प्रयोजन र ३० प्रतिशत ग्यास घरायसी प्रयोजनका लागि खपत हुने गरेको छ । लकडाउनअघि अधिकांश मानिस गाउँमा गएकाले पनि बजारमा ग्यासको खपत घटेको छ । चैत ११ गतेदेखि होटेल रेष्टुरेन्ट, पार्टी प्यालेस पूर्ण रूपमा बन्द छन् । जसको कारणले गर्दा पनि ग्यासको खपत हवात्तै घटेको व्यवसायीको भनाई छ ।

    हाल उद्योगसँग १५ हजार टन ग्यास स्टोर रहेको संघले जनाएको छ । नेपालभर ५८ वटा उद्योग छन् । ती उद्योगहरूले एक सय टनदेखि एक हजार टनसम्म क्षमता रहेको उनको भनाइ छ । निजी उद्योगसँग ६ हजार टन ग्यास भन्डारण गर्ने क्षमता रहेको छ । ग्यासको बजार मूल्य एक हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑