आज:
  • होमपेज / Breaking News

    आन्तरिक उडान खोल्ने तयारी

  • वीरगंज संजाल
  • २६ भाद्र २०७७, शुक्रबार ०८:००
  • ६०८१

    वीरगंज | सरकारले अन्तर्राष्ट्रिय उडान थप्ने र असोजको दोस्रो सातादेखि आन्तरिक उडानसहित हिमाल आरोहण र पदयात्रा खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ रोकथामको लागि भन्दै ६ महिनादेखि वाह्य उडान बन्दसँगै हिमाल आरोहण र पदयात्रा बन्द गरेको सरकारले खुला गर्ने तयारी गरेको हो । सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन गरेर हिमाल आरोहण र पदयात्रा खुलाउनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।

    उनले भने, “कोभिड–१९ जोखिम कम भएको क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाउन र आर्थिक क्रियाकलाप चलयमान बनाउने उद्देश्यले सरकारले हिमाल आरोहण, पदयात्रा र आन्तरिक उडान खुलाउने तयारी गरेको हो ।”सरकारले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पीसीसीआर रिपोर्ट नेगेटिभ लिएर आउने पर्यटकलाई नेपालमा प्रवेश सहजीकरण गर्ने गृहकार्य भइरहेको मन्त्री भट्टराईले बताए । पर्यटकहरू नेपाल आउन चाहन्छन् र सरकारले तोकेको कोभिड–१९ को स्वस्थ्य सुरक्षा मापदण्ड पालना गरेर नेपाल आउन चाहाने पर्यटलाई नेपाल आउनमा सहजीकरण गर्ने गरी मन्त्रालयले सम्बन्धित निकायसमक्ष सिफारिस गरेको मन्त्री भट्टराईको भनाइ छ ।

    रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवबीच भएको छलफलले उडानमा सहजीकरण गर्दै पर्यटकीय क्षेत्र खोल्नको लागि समझदारी गरेको हो । प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गरेर नेपाल फिर्ता हुने यात्रु ल्याउनमा समझदारी भएको मन्त्री भट्टराईले बताए ।
    विदेशमा रहेका नागरिकलाई स्वदेश फिर्ता गर्न थप सहज गर्ने प्रक्रिया अघि बढाएको र विभिन्न आयोजनाहरूलाई आवश्यक विदेशी प्राविधिक जनशक्तिसहितका कामदारलाई भित्र्याउन लागि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा प्रस्ताव गरिएको पनि मन्त्री भट्टराईले जानकारी दिए ।

    बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तक्रियामा मन्त्री भट्टराईले दिएको जानकारी अनुसार सरकारले पछिल्लो समयमा निर्धारण गरेको विदेशबाट आउनेको कोटा संख्यामा वृद्धि गर्दै सहज बनाउने निर्णय छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुमा ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान कम्पनीले उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरिएको उनले बताए । अनिवार्य पीसीआर परीक्षण नेगेटिभ भएका र रोजगारदाता कम्पनीले आफ्नै खर्चमा स्वदेश ल्याउने चाहने वायुसेवा कम्पनी लगायतलाई मध्यनजर गर्दै नियमित उडान संख्या र यात्रु संख्या बढाउने योजना अगाडि बढाएको उनको भनाइ छ ।

    अन्तर्राष्ट्रिय उडानको संख्या थप गरेर नेपाल फिर्ता हुने यात्रु ल्याउनमा प्रक्रिया अघि बढाएको बताउँदै मन्त्री भट्टराई भने, “अन्तर्राष्ट्रिय उडान थप गर्ने र दैनिक ३ हजारसम्म स्वदेश फिर्ता हुने गरी व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छु, आन्तरिक उडान भने असोज १५ बाट सुरु गर्ने गरी सीसीएमसीमा सिफारिस गरेको छु ।” आन्तरिक उडान सुचारु गर्नको असोज १ बाट नै पहल गरेको र आन्तरिक तयारी पूरा गर्दा असोज १५ बाट सुचारु हुने अवस्था रहेको मन्त्री भट्टराईले बताए ।

    संक्रमण कम भएको हिमाली पहाडी र अन्य गन्तव्यमा आन्तरिक उडान खोल्ने सरकारको तयारी रहेको छ । चाडबाडमा यात्रालाई सहजीकरण गर्दै तत्काल उडान संख्यामा कटौती गर्दै ३० प्रतिशतसम्म उडान खोल्ने मन्त्रालयको तयारी रहेको छ । यसरी हवाई मार्गबाट यात्रा गरेका यात्रुको यात्रा विवरण भने ३ महिनासम्म राख्नु पर्ने छ । मन्त्रालयले आन्तरिक पर्यटकलाई चलयमान बनाएर घुमफिरको संस्कार विकास गर्न ‘देश दर्शन’ अभियान चलाउन पनि प्रस्ताव गरिएको छ । दुई दिन बिदा दिएर कर्मचारीहरूलाई आन्तरिक घुमफिरमा सहजीकरण गर्ने मन्त्रालयको तयारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑