पोखरीया | राजेन्द्र सिंह | पर्साको पोखरिया नगरपालिका वाड नं ४ हाट बजारस्थित नाला माथि निजि प्रयोजनको लागि बनाएको पुल अहिले सम्म नहटेको भन्दै स्थानीयले बिरोध स्वरुप जागरण सुरु गरेका छन ।
पोखरीया नगरपालिका वाड नं ४ अन्तरगत रहेको शिव मन्दिरको पुर्वदक्षिण चौकमा बद्री चौरसियाले निर्माण गरेको निजि पुल, मुख्य सडकमा राखिएको टे«क्टार, निमार्णाधिन सिढी र नालाको बिषय लिएर पटक पटक छलफल भएपनि अहिले सम्म नहटाईएकोले बिरोध स्वरुप जागरण सुरु गरिएको स्थानिय युवा दिनेश मिश्राले जानकारी दिनु भयो ।
आजको जागरण कार्यक्रममा स्थानिय तिमल महतो, सहलंत महतो, राजकिशोर महतो, प्रेम महतो, रंगन महतो, सनोज महतो, बिनोद कलबार, रमेश साह कानु, रामबाबु पटहेरा लगायतकाको सहभागीता रहेको मिश्राले जानकारी दिनु भयो ।
गत श्रावणमा बसेको सर्वदलिय बैठकले ५ दिन भित्र हटाउन सहमति भएपनि चौरसियाले अटेर गर्दै आएका छन । चौरसियाले बिना नक्सा पासकै घर निमार्ण गरेको स्थानीयले आरोप लागाएका छन ।
सो बैठकमा संविधानसंभाका सदस्य प्रधुमन चौहान, उपमेयर सलमा खातुन, वाडअध्यक्ष लक्षमण साह, सियानन्द चौहान, स्थानीय नेता शंकर यादब, कौशल किशोर साह, पारस ठाकुर, दिनेश मिश्रा, राजरिश चौहान लगाएतको सहभागिता रहेको थियो ।