वीरगंज । राहुल गुप्ता | वि.पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्सा द्वारा १०७ औँ जन्मजयन्ती को अवसरमा खाना खुवाउने कार्यक्रम आज वि।पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्सा द्वारा वि।पि को १०७ जन्म जयन्ती को अवसर पारेर मानव सेवा आश्रममा लक्ष्मी नारायणहरु लाई खाना खुवाउने कार्यक्रम गरेको छ। नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् ।
नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झदैछन् । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए । कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो ।
उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए । विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए । विपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् ।
उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । वीपीको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो । आजको कार्यक्रममा प्रमुख अतिथी कांग्रेस पार्टी कार्य समिती पर्सा जिल्ला का उपसभापति दिनानाथ गुप्ता को प्रमुख अतिथित्वमा कार्यक्रम भएको थियो। त्यस्तै कांग्रेस का जिल्ला सचिव स्याम पटेल विशिष्ट अतिथी रहेको थियो।
त्यस्तै गरि जि।पि।कोइराला फाउन्डेसनका अध्यक्ष मो। सहाबुदिन को पनि उपस्थिती रहेको थियो । ने।का सह सचिव रोसन लामिछाने , वि।पि कोइराला युवा बिकाश मन्च का प्रदेश २ का मनोहर साह कानु ,मन्चका सचिव जयप्रकाश गुप्ता, प्रीती सिंह,अमित कुमार पटेल,रन्जन चौरसिया,जि।पि फाउन्डेसन का जिल्ला सचिव धिरज गुप्ता ,दिपेश श्रीवास्तव नेपाली कांग्रेसका जिल्ला सदस्य धर्मेन्द्र पटेल ,वि।पि कोइराला युवा बिकाश मन्च पर्साका उपाध्याय दिपक गुप्ता लगायतको उपस्थिती रहेको सदस्य राहुल गुप्ताले जानकारी गराएका छन। उक्त कार्यक्रम का अध्यक्षता वि।पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्सा अध्यक्ष हरेन्द्र यादव ले गरेका थिए।