२१ वर्षको उमेरमा नताशा नोएलले सही रूपबाट जीवन जिउन सिकिन् । यो त्यही समय थियो जतिबेला उनका प्रेमीले उनलाई छाडे । नताशालाई यो समय आफूभित्र चलिरहेका सबै द्वन्द्वहरू एकै पटक खतम गर्नुु थियो । तर घाउ गहिरो र आलो थियो । नताशा झन्डै ३ वर्ष ६ महिनाकी हुँदा उनले निकै खराब दृश्य देखिन्– एक दिन एक्कासि उनकी आमाले आफैलाई आगो लगाइन् । मानसिक रोग (सिजोफ्रेनिया) बाट ग्रस्त उनका बाबुलाई सुधार गृह पठाइयो । नताशा आफ्ना धर्मबाबुु–आमासँग बस्न थालिन् ।
७ वर्षको उमेरमा एक व्यक्तिले उनलाई बलात्कार गरे तर यसबारे उनले कसैलाई केही भनिनन् । यसपछिका वर्षहरूमा उनले कैयौँ पटक यौन हिंसाको सामना गर्नुप¥यो । तर उनले कसैलाई केही भनिनन् । नताशाले बीबीसीसँग भनेकी छिन्, ‘मेरो पूरै बाल्यकाल आफैलाई दोषी ठहर गर्ने दुःखमै बित्यो । म हरेक कुराका लागि आफैलाई जिम्मेवार ठान्थेँ । सायद दुःख यसरी मेरो जिन्दगीमा छिरेको थियो कि मलाई आफैँ पीडित सम्झनुमा राम्रो लाग्थ्यो । मलाई के लाग्थ्यो भने मसँग नराम्रो हुनु नै पर्छ ।’
नताशा आफ्नो शरीरलाई पनि सहज महसुस गर्दिनँ थिइन्, उनलाई आफैप्रति भरोसा थिएन । नृत्यमा उनले स्वतन्त्रताको किरण देखिएन । नृत्य गर्न थालेसँगै आत्मविश्वाससहित उनले आफैलाई राम्रो तरिकाले व्यक्त गर्न थालिन् । मुम्बईमा एक स्थानीय डान्स स्कुलमा उनले ज्याज, बेली र कन्टेम्पोररी डान्स सिकिन् । तर उनले आफ्नो यो शोखलाई अघि बढाउन पाइनन् । घुँडामा लागेको चोटका कारण उनले फेरि डान्स गर्न सकिनन् । यस उमेरमा डिस्लेक्सिया (पढाइमा आउने एक मानसिक समस्या) र बुलिङ (स्कुलमा गरिने हैरानी) का कारण पढाइमा पनि सोचेजस्तोे राम्रो गर्न सकिनन् ।
बल्लतल्ल स्नातक पास गरिन्, त्यसपछि उनकी आमा (जसले उनलाई पालेकी थिइन्) ले शिक्षक बन्न प्रोत्साहन गरिन् । नताशाका लागि यो सुरक्षित जागिर हो भन्ने आमालाई लाग्थ्यो ।
नताशाका अनुसार उनको नयाँ परिवारले उनलाई सम्भव हुने जति प्रेम गरे पनि उनी सधैँ यसमा कमी मात्रै देख्थिन् । उनी भन्छिन्, ‘यो सबै मेरै सोच थियो । म केही पनि स्विकार्नका लागि तयार थिइनँ । मैले कहिल्यै आफ्नो कुरा अरूलाई भनिनँ । तर म कुनै हालतमा शिक्षक बन्न चाहन्न थिएँ ।’
समयले धेरै सिकायो
यसपछि नताशाको जीवनमा एक अहम मोड आयो । उनको ब्रेक–अप भयो र यससँगै उनभित्र बदलावको एक चाहना अङ्कुरायो । नताशा भन्छिन्, ‘मलाई के लाग्यो भने अब मरा लागि सबै कुरा राम्रो हुन जरुरी छ ।’
यही समय उनले नयाँ कुरा सिकिन्, ‘तपाईंले आफै आफ्नो मानसिक स्वास्थको ख्याल राख्नुपर्छ किनकि तपाईंका लागि अरू कसैले यो काम गर्नेछैन ।’
आफैले आफूलाई दोष दिने बानीबाट बिस्तारै मुक्त हुँदै गएको नताशाले महसुस गरिन्, उनलाई आफ्नो शरीर पनि सहज लाग्दै थियो । उनी भन्छन्, ‘मेरो हिंसामा डिप्रेसनको मतलब कुनै पनि व्यवहार अति हुनु हो । कहिलेकाहीँ म यति खाना खान्थेँ कि सास लिन पनि मुस्किल हुन्थ्यो । यसपछि मैले धेरै पटक वान्ता पनि गर्थें । र, धेरैपटक यस्तो पनि हुन्थ्यो म आफै भोकै बस्थेँ । कहिलेकाहीँ म केवल सोचिरहन्थेँ, जबकि कहिलेकाहीँ म केही पनि सोच्दिन थिएँ ।’
भारतमा मानसिक स्वास्थ्यलाई सामाजिक कलङ्का रूपमा हेरिन्छ र पीडित मानिसको समस्या नजरअन्दाज गरिन्छ । विश्व स्वास्थ सङ्गठनका अनुसार प्रत्येक चारमध्ये एक व्यक्ति कुनै न कुनै तरिकाको मानसिक समस्याबाट ग्रस्त छन् र डिप्रेसन निकै गम्भीर चिन्ताको विषय हो ।
कम उमेरमै नताशाले यसको उपचार सुुरु गरिसकेकी थिइन् तर यस पटक उनले आफ्नो स्वास्थ्य राम्रो बनाउनका लागि अर्कै बाटो अपनाउने निर्णय लिइन् ।
अगाडि बढ्नका लागि उनले एक डायरी बनाइन् । जहाँ उनी आफ्नो जीवनमा दैनिक घटेका त्यस्ता कुराहरूको उल्लेख गर्थिन्, जसका लागि उनले ईश्वरलाई धन्यवाद दिनसकून् । त्यस्तै उनले आफ्ना लागि केही उद्देश्य पनि तय गरिन् ।
उनी भन्छिन्, ‘मेरो डिप्रेसन र यसका कारण निम्तिने तनावले नै मलाई यसबाट बाहिर निस्कन प्रेरणा दियो । मैले हरेक दिन आफ्ना लागि सानो सानो काम तय गर्न थालेकी थिएँ, जस्तो कि साँझमा पाँच मिनेट हिँड्नका लागि कपाल कोरेर घरबाट बाहिर निस्कनु ।’
उनले फैसला गरिन्, ‘जुन दिन आफैले लेखेको उद्देश्य पूरा गर्न सकिएन, त्यो दिन आफैलाई दोष दिनेछैन ।’ नताशा भन्छिन्, ‘म आफैलाई के भन्थेँ भने असफल हुुनु कुनै अपराध होइन । म एक पटक फेरि कोसिस गर्नेछु । म आफैलाई प्रेम गर्न सिक्दैथिएँ ।’ आफ्नो जिन्दगीमा घटिरहेका कुराहरूसँग जुध्न उनले यो नयाँ तरिका अपनाएकी थिइन् । उनी भन्छिन्, ‘मलाई याद छ, जब मेरा डाक्टरले कस्तो छौ भनेर सोधेका थिए, तब मैले ‘म ठीक छु, तपाईंलाई कस्तो छ ?’ भनेर सोधेकी थिएँ । म अन्य व्यक्तिलाई यति धेरै प्रेम गर्थें कि मैले आफैलाई प्रेम गर्न भुलिसकेकी थिएँ ।’
योगले राम्रो भयो जीवन
डिप्रेसन र तनावबाट निस्कने कोसिसका लागि नताशाको जीवनमा ध्यान महत्त्वपूर्ण भइसकेको थियो । बिस्तारै उनले शारीरिक र मानसिक स्वास्थका लागि योग गर्न सुरु गरिन् । उनी भन्छिन्, ‘चोट लागेपछि मैले डान्स वा अन्य कुनै त्यस्तो काम गर्न सक्दिनँ थिएँ, जसले मेरो शरीरमा दबाब परोस् । तर सामाजिक सञ्जालमा संसाभरका महिलाले आफ्नो शरीरलाई सुन्दर भावहरूमा पेस गरिरहेका हुन्थेँ र मलाई यो अनौठो लाग्थ्यों ।’
उनी पनि एक कदम अगाडि बढेर यस्तै गर्न चाहन्थिन् । तर उनले साधारण आसनसँगै सासमाथि नियन्त्रण राख्नका लागि राम्रा तरिकाबाट प्राणायाम सिक्नुपर्ने थियो । नताशा भन्छिन्, ‘योगमार्फत मलाई आफ्नो मन स्थिर बनाएर राख्न सहयोग मिल्छ । यो प्रक्रिया सुस्त अवश्यक छ तर यसबाट मलाई जे हासिल भएको छ त्यो उत्साहजनक छ ।’ पाँच वर्षपछि अहिले उनी निकै राम्रो महसुस गरिरहेकी छिन् ।
नताशा भन्छिन्, ‘आजको तारिखमा चाहे जेसुकै होस् । म हरेक बिहान केही समयका लागि योगाभ्यास गर्छु र फेरि केही समयका लागि ध्यान गर्छु ।’
नताशाका अनुसार आजकल उनलाई अत्यधिक तनाव भएको दिन पनि सामान्य लाग्छ र उनलाई आफैलाई प्रेम गर्ने आफ्नो नियम पालना गर्नमा योगले सहयोग गरिरहेको छ । नताशाले आफ्नो जीवनशैली बदल्ने तय गरेकी छिन् र अहिले योग शिक्षिकाका रूपमा अरूलाई पनि सिकाउँछिन् ।
आफै खोज्नुस् बाटो
नताशा अब २७ वर्षकी भइन् । अहिले पनि जीवनका केही दिन नराम्रा लाग्छन् तर अब उनले अगाडि बढ्न सिकिसकेकी छिन् । नताशा अब एक योग शिक्षिका छिन्, मानसिक स्वास्थ्यबारे जागरुकता बढाउँछिन् र सामाजिक सञ्जालमार्फत धेरैलाई प्रेरित गर्छिन् । नताशालाई लाग्छ, आफैलाई स्विकारेर अघि बढ्ने सुरुवातबाट उनको यात्रा सुरु भयो । उनी इन्स्टाग्राममा आफ्ना २ सय ४५ हजार फलोअर्सलाई आफ्नो शरीरसँग प्रेम गर्न सिकाउँछिन् र उनीहरूलाई योग अपनाउन प्रेरित गर्छिन् । यही उनी आफ्ना अनेक मुड र आफ्नो निजी जीवनका अनुभवको पनि बयान गर्छिन् । ‘आफ्नो दिनभित्र म आफैलाई पीडितका रूपमा देख्नुु राम्रो ठान्थेँ । म आफै त्यहाँबाट बाहिर निस्कने कोसिस पनि गर्थें र फेरि त्यही सोच कायम राख्न पनि चाहन्थेँ,’ उनी भन्छिन् ।
सामाजिक सञ्जालमा उनलाई ट्रोल गर्नेहरूको पनि कमी छैन । कोही उनलाई ‘चरित्रहीन’ भन्छन् त कोही ‘सहजै उपलब्ध हुने महिला’, कोही ‘नराम्री’ त कोही ‘बेकार’ भन्छन् ।
तर अब यस्ता शब्दले नताशालाई समस्या हुँदैन । नताशा भन्छिन्, ‘मैले जिन्दगीलाई हेर्ने दृष्टि बदलिसकेको छु र म राम्रो तरिकाले काम काम गर्ने कोसिसमा छु । मलाई यहाँसम्म पुुग्न २० वर्ष लाग्यो र मलाई अब अरू पनि धेरै हासिल गर्नु छ । अहिले मेरो एक–एक साससँगै मेरो स्वास्थ्य सुध्रँदैछ ।’