पोखरिया। राजन कुमर बानिया । नेपाल सरकारले विषेस गरी नेपाल प्रहरीलाई नाकामा हुने गरेको राजश्व चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मा दिएपनि नेपाल प्रहरीले त्यसको ठिक विपरित अवैध कारोबार गर्ने कारोबारीहरु संग साठगाठ गरी आर्थिक संकलन तर्फ केन्द्रित रहेको पाईएको छ । मिर्जापुर प्रहरी चौकीले तस्करहरुलाई संरक्षण दिई लाखौ रकम असुली गरिरहेको खबर प्राप्त भएको छ । सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोर्डर नाकामा खटेका नेपाल प्रहरीहरुले तस्करहरु संग महिनावारी बुझी तस्करी धन्दालाई सहज बनाईदिएका छन । पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने मिर्जापुरको खुल्ला सिमानाकाको फाईदा उठाउदै तस्करहरुले नेपाल प्रहरीलाई आर्थिक प्रलोभनमापारी सो सिमानाकामा पर्ने भारतिय सिमावर्ती शहर मैनाटाडबाट अवैध कपडा, हार्डवेयर र ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, भैसी, र मदिराको व्यापक मात्रामा तस्करी भईरहेको स्थानिय बासी बताउछन ।त्यसैगरी नेपालबाट सो नाका भएर व्यापक मात्रामा तेलको तस्करी भईरहेको छ । सो नाकाबाट अवैध सामान ओसार पोसार गर्ने व्यापारीहरुले
प्रहरी चौकी मिर्जापुरका इन्चार्ज जितेन्द्र प्रसाद यादवलाई लाखौको महिनावारी बुझाई तस्करी धन्दालाई निर्वाद रुपमा संचालन गरेका छन । यादवलाई महिनावारी फिक्स गरेपछि हामीहरुले तस्करी गरिरहेको नाम न छापने सर्तमा एक जना तस्करले बताए ।मिर्जापुरका स्थानियहरुका अनुसार साझ परेपछि तस्करहरुको नाकामा चहलपहल बढने गरेको र रात भरी, बिहान सम्म अवैध माल समान ओसार पोसार हुने गरेको बताउछन । तस्करलाई संरक्षण गरी प्रहरीले सो नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गरिरहेका छन । यस तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ।