• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युरोपेली देशहरुले कोरोना नियन्त्रणसँगै यसरी सञ्चालन गर्दैछन् स्कुल 

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार १६:००
  • ४४६५

    एजेन्सी । कोभिड महामारीका कारण युरोपमा महिनौँ बन्द रहेका स्कुलहरु यतिखेर खुल्ने तयारी गरिरहेका छन् र धेरै देशमा यसै हप्तादेखि कक्षाहरु सञ्चालन हुन थालिसकेका छन् । कोरोनाभाइरसका कारण यसवर्ष नराम्ररी प्रभावित शैक्षिक क्षेत्रले बालबालिकाहरुको भविष्यमा सीधा असर पारेको छ । यसबीच यी युरोपेली राष्ट्रहरुले फरक–फरक ढङ्गमा भाइरस नियन्त्रणमा राख्दै विद्यालय सञ्चालन गर्ने प्रयास गरिरहेका छन्–

    बेलायत–  

    बेलायतमा प्रारम्भिक कक्षाहरु गत जुन १ देखि नै खुलाइएको थियो र १५–१८ वर्षका विद्यार्थीहरुलाई पनि जुन १५ बाट स्कुल जान सुरु गर्न भनिएको हो । यो हप्ता चाहिँ सबै वर्गका विद्यार्थीहरुलाई पूरै कक्षा पढाइने निर्णय भएको छ । स्कटल्यानडका विद्यालयहरु पनि अगस्ट ११ देखि पुनः सञ्चालनमा ल्याइने बताइएको छ ।

    यसमा ९६ प्रतिशत स्कुलले विद्यार्थीहरुलाई ससानो समुहमा विभाजित गरि पढाउने शैली अपनाइरहेको हालैको एक सर्वेक्षणले देखाएको हो । ती सबै समुहलाई एक अर्काबाट सुरक्षित दुरीमा राख्दै कक्षा सञ्चालन गरिनेछ जसले भाइरस फैलने जोखिम न्युन पार्नेछ । त्यसैगरी स्कुलमा ‘ब्रेक टाइम’ पनि समुह अनुसार फरक फरक समयमा राखिनेछ ।

    फेस्क मास्क लगायत अन्य सुरक्षाका उपाय सम्बन्धी नियम साना र ठुला कक्षाका विद्यार्थीका लागि भिन्दाभिन्दै हुनेछ । जस्तै बेलायतमा माध्यमिक तहका विद्यार्थीले तिनीहरु बस्ने क्षेत्रमा लकडाउन जारी गरिएको भएमा स्कुल बाहिर निस्कदा मास्क लगाउनुपर्ने हुन्छ । यता स्कटल्यान्डमा चाहिँ स्कुल भित्रै पनि हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनैपर्ने नियम रहेको छ ।

    फ्रान्स–

    फ्रान्समा पनि सेप्टेम्बर १ देखि देशभरका विद्यालयहरु सञ्चालनमा ल्याइएको छ । त्यहाँ ११ वर्ष भन्दा माथि उमेरका सबैले हरेक समय, कक्षा भित्र बस्दा समेत अनिवार्य मास्क लगाउनै पर्ने हुन्छ । त्यस्तै कक्षा कोठाहरु हावा पस्ने किसिमले खुला राख्ने व्यवस्था गरिने र नियमित डिसइन्फिेक्ट छर्किनेछ । विद्यार्थीहरुलाई सानो समुहमा विभाजित गर्ने र एकसाथ नमिसाउन सम्बन्धि पनि ध्यान दिइने भनिएको छ ।

    सरकारले अहिले सबै बालबालिकाका लागि स्कुलमा उपस्थिति जनाउनु अनिवार्य बताइरहेको छ । यसमा कोरोना संत्रमण तिव्र बढेको अवस्थामा केही स्थानीयलाई मात्र अपवाद मानिनेछ । कुनै ठाउँमा अचानक सामुदायिक संक्रमण वृद्धि भएमा स्कुल अस्थाइ रुपमा बन्द गर्न सकिनेछ ।

    किन्डरगार्टेनका बालबालिकाहरुले भने एउटै कक्षाको समुह भित्र सामाजिक दुरी कायम राख्नु पर्नेछैन । प्रारम्भिक कक्षामा ८ देखि १५ को सङ्ख्यामा समुह बनाइ वैकल्पिक दिनमा केहीलाई आधा दिन घरबाट र केहीलाई स्कुलमा गरि पढाउनुपर्ने हुन्छ ।

    नर्वे–

    नर्वेमा विद्यालयहरु अप्रिल २७ देखि नै बिस्तारै खुलाइँदै गएका थिए । त्यहाँ स्कुलहरु सामान्य रुपमा अरु बेलाको जस्तै समयमा सञ्चालन भइरहेका छन् भने मास्क लगाउन पनि अनिवार्य गरिएको छैन ।

    अनलाइन कक्षा बन्द गरिएको छ तर एउटा कक्षाका विद्यार्थी अर्को समुहसँग मिसिन भने पाउँदैनन् । ब्रेकको बेलामा प्रत्येक कक्षालाई मैदानका छुट्टाछुट्टै हिस्सामा मात्र घुमफिर गर्न र खेल्न अनुमति दिइएको छ । लक्षण देखा परेमा विद्यार्थीहरु घरभित्रै बसिरहनुपर्ने हुन्छ र कोभिडको परीक्षण गराउनुपर्नेछ ।
    किन्डरगार्टेनका बालबालिकाहरुले सामान्य लक्षण देखा पर्दा स्कुल गइरहन पाउँछन् तर गम्भीर भएमा चाहिँ घरमै बस्नुपर्ने हुन्छ ।

    पोल्यान्ड–

    पोल्यान्डमा पनि सेप्टेम्बर १ देखि देशभरका विद्यालय खुलेका हुन् जहाँ मास्क लगाउन अनिवार्य गरिएको छैन । केही स्कुल र नगरपालिकाहरुले विद्यालय खोल्नमा ढिलाइ गर्ने सम्बन्धी गरेको अनुरोध यसअघि अस्वीकार गरिएको हो । यसमा वारस लगायत कतिपय शहरमा प्रारम्भिक र उच्च माध्यमिक तहका विद्यालयहरुमा भीडभाड बढी हुने सम्बन्धी शिक्षा विद्हरुले चिन्ता जनाइरहेका छन् । तिनका अनुसार सो क्षेत्रमा सामाजिक दुरीको नियम पालन गर्नु असम्भव छ । तर सरकारले विद्यार्थीहरुको उपस्थिति अनिवार्य गराएको हुँदा बालबालिकालाई स्कुल पठाउन नमानेमा, सो परिवारले २,७१० डलर सम्मको जरिवाना तिर्नुपर्ने हुन्छ ।

    जर्मनी–

    जर्मनीमा अगस्तको सुरुवातदेखि नै बालबालिकाहरुको पूरै कक्षा पढाइ सञ्चालन भइरहेको छ । अधिकांश स्टेटमा विद्यार्थी र शिक्षक दुवैलाई कक्षा भित्र आफ्नो डेस्कमा बस्दा बाहेक अरु सबै समय अनिवार्य मास्क लगाउन भनिएको छ ।

    त्यस्तै ब्रेक टाइमको समयलाई भनेर विभिन्न समुहका विद्यार्थीलाई छुट्टा छुट्टै स्थान निर्धारित गरिएको हुन्छ र उनीहरु त्यहाँ मात्र घुमफिर गर्न पाउँछन् । सबै कक्षामा झ्याल र ढोका सकेसम्म खुला राख्नुपर्ने हुन्छ । यसबीच प्रायः शिक्षकहरु विद्यालय फर्किसकेका छन् तर अभियन्ताहरुले तिनको सुरक्षाका लागि थप कदम उठाउन जोड दिइरहेका छन् । विशेष परिस्थितिमा अझैपनि अनलाइन मार्फत नै पढाइने व्यवस्थथा पनि रहेको छ ।

    स्वीडेन–

    स्वीडेनका स्कुल भने महामारीभर खुलै राखिएको थियो र अगस्तको मध्यमा गर्मीयामको छुट्टीपछि अहिले फेरि विद्यार्थीहरु स्कुल फर्किने तयारी गरिरहेका छन् । त्यहाँ स्थानीय अधिकारीहरुले नै महामारीलाई व्यवस्थित गर्ने सम्बन्धी सबै निर्णय गर्छन् जसमा कुनै निश्चित स्कुल बन्द गर्ने या खुलाउने जिम्मा पनि उनीहरुलाई नै दिइएको छ ।

    प्रत्येक स्कुलले सामाजिक दुरी र सरसफाइ सम्बन्धी निर्देशनहरु पालन गर्नुपर्ने हुन्छ  तर मास्कको प्रयोग अनिवार्य छैन ।

    कतिपय क्षेत्रमा भीडभाड कम गर्नका लागि स्कुलको तालिकामा फेरबदल गरिएको छ । स्वीडेनमा यसअघिका महिनाहरुमा स्कुल खुल्ला राख्दा पनि विद्यार्थीहरुमा संक्रमण दर वृद्धि भएको पाइएन । जबकी छिमेकी देश फिनल्यान्डमा चाहिँ अचानक स्कुलबाट संक्रमण फैलिएपछि अस्थाइ समयका लागि सबै विद्यालय बन्द गराउनु परेको थियो ।

    ग्रिस–

    ग्रिसका अधिकारीहरुले संक्रमण सङ्ख्या अचानक वृद्धि भएपछि स्कुल खुलाइने दिनलाई थप स्थगित गरि सेप्टेम्बर १४ को मिति तोकेका हुन् । त्यहाँका विद्यार्थी , शिक्षक लगायत स्कुलका सबै कर्मचारीलाई कपडाको मास्क वितरण गरिनेछ र कक्षा भित्र होस् या बाहिर अनिवार्य मास्क लगाउनैपर्ने हुन्छ ।

    इटली–

    इटलीमा पनि अधिकांश क्षेत्रमा स्कुलहरु आगामी सेप्टेम्बर १४ देखि खुलाउन, भाइरसको जोखिम न्युन गराउने सम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ । जस्तै स्कुलभित्र सामाजिक दुरी कायम राख्न नयाँ डेस्कहरु ल्याइ तिनको व्यवस्थापन भइरहेको छ । स्कुल प्रवेश गरेदेखि पढाइ सकेर बाहिर जाँदासम्म मास्क लगाइरहनुपर्ने हुन्छ । यसमा दुईवटा डेस्कबीच सुरक्षित दुरी राखिएको अवस्थामा कक्षाभित्र केही समयका लागि मास्क खोल्न पाइनेछ ।

    ठुल्ठुला कक्षा भएका केही माध्यमिक तहलाई भने भीडभाड कम गराउन समूहमा विभाजित गरि छुट्टा छुट्टै स्थानमा पढाइनेछ ।  त्यस्तै सरकारले विद्यार्थीहरुलाई स्कुलसम्म सुरक्षितगरी आवतजावत गर्न सजिलो बनाइदिनका लागि सार्वजानिक यातायातमा अतिरिक्त लगानी गर्न सहमति जनाएको छ ।

    यति गर्दागर्दैपनि कुनै शिक्षक वा विद्यार्थी संक्रमित भएमा पूरै स्कुल वा कुनै कक्षा बन्द गर्ने अथवा संक्रमित र तिनको सम्पर्कमा आएकालाई मात्र क्वारेन्टिनमा राख्ने सम्बन्धी निर्णय स्कुलका हेड टिचर र स्वास्थय अधिकारीहरुले लिनेछन् ।

    द नेदरल्यान्ड्स– 

    नेदरल्यान्डसमा प्रारम्भिक र माध्यमिक तहका स्कुलहरु यही अगस्तदेखि विभिन्न चरणमा खुलाउने तयारी भइरहेको छ । यसमा दुवै तहका कक्षाहरु सामान्य रुपमा सञ्चालन हुनेछन् भने विद्यार्थी र शिक्षक कसैका लागि पनि मास्क जरुरी छैन । यही कारण कतिपय शिक्षकहरु काममा फर्कन हिचकिचाइरहेपछि केही स्कुलले मास्क लगाउने विषयलाई अनिवार्य गर्ने योजना बनाइरहेका छन् ।

    त्यहाँ कोही विद्यार्थी या कर्मचारी संक्रमित भएमा सो व्यक्तिका साथै तिनको परिवार पनि १० दिनसम्म घरभित्रै बसिरहनुपर्ने हुन्छ ।  ६ वर्ष भन्दा माथिको उमेरका बालबालिकाले कोरोनाको लक्षण देखाएमा उनीहरु पनि घरमै बस्नुपर्ने हुन्छ र कोभिडको परीक्षण गराउनु पर्नेछ ।
    ती भन्दा साना बालबालिकाले चाहिँ सामान्य रुघाखोकी लागेमा पनि स्कुल गइरहन सक्नेछन् तर ज्वरो आएको अवस्थामा भने घरमै बस्नुपर्ने हुन्छ ।

    रुस–

    रुसले पनि अन्य युरोपेली मुलुकहरु जस्तैगरी सेप्टेम्बर १ बाट स्कुल खुलाउने निर्णय गरेको हो । भीडभाड कम गर्नका लागि त्यहाँ कक्षा र ब्रेकको समयमा हेरफेर गरिनेछ । स्कुलभरि नै नियमित सबैको तापमान जाँच गरिनेछ र रुघा खोकीको लक्षण देखाउने विद्यार्थीहरुलाई आइसोलेट गरि राखिनेछ ।
    बालबालिकाहरुलाई मास्क लगाउन सुुझाव दिइएको छ तर अनिवार्य छैन ।

    विद्यालयका अरु कर्मचारीले चाहिँ हरेक समय मास्क लगाउनैपर्छ र विद्यार्थीसँग सुरक्षित दुरीमा भएको बेलामा वा पढाउँदा खोल्नैपर्ने भएमा मात्र मास्क फुकाल्न पाउनेछन् । यसको विकल्पमा कुनै अनलाइन कक्षा जारी नगरिने बताइएको छ ।

    स्पेन–

    स्पेनमा पनि सेप्टेम्बरको पहिलो तीन हप्तामा प्रारम्भिक र माध्यमिक तहका कक्षा देशभरि नै सञ्चालन गरिने बताइएको छ । यसमा विद्यार्थीहरुको उपस्थितलाई अनिवार्य गरिएको छ भने ६ वर्षभन्दा माथिका सबैले कक्षाभित्र रहँदा समेत मास्क लगाउनैपर्ने र सबैले दिनमा पाँचपटक हात धुनुपर्ने हुन्छ ।

    त्यहाँ विद्यार्थीहरुलाई ससानो समूहमा विभाजित गरिएको हुन्छ र उनीहरुले त्यस बाहेकका अरु समुहबाट सामाजिक दुरी कायम राख्नुपर्नेछ । प्रत्येक दिन बिहान घरमा होस् या स्कुलमा, सबैको तापमान जाँच गरिनेछ । रोयटर्सबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑