डेंगु रोकथामबारे अन्तत्र्रिmया
प्रस, पचगावाँ/ जगरनाथपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगु रोग रोकथाम तथा सतर्कताबारे एकदिने अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
गापा उपाध्यक्ष विस्मिला खातुनले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । सहस्वास्थ्य संयोजक प्रमेन्द्र साहले डेंगु रोगबारे जानकारी दिंदै लामो समयसम्म ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पसिना आउनु, खान रूचि नहुनु, जोर्नी तथा जीउ दुख्नु, आँखा रातो हुनु डेंगु रोगको लक्षण रहेको बताएका थिए । उनले घर वरपर जाली लगाउने, झुल लगाएर सुत्ने, लामखुट्टे भगाउने विषादि प्रयोग गर्नुपर्ने, घर नजीकै टायर नराख्न सुझाव दिएका थिए ।
कार्यक्रममा वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, शिक्षकलगायतको उपस्थिति थियो ।