कोभिड–१९ सर्ने माध्यम नाक, आँखा र मुखबाट निस्कने स–साना पानीका फोका, ती रहेका सामानको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेका हावा हो ।
नजिकै सम्पर्कमा रहेर उपचार गर्नपर्ने, उपचार पद्दतिमा एराजोल निस्कने, बन्दकोठामा उपचार हुने, बिरामीले मास्क नलगाउने तथा पानीका फोका सरसामान र वातावरणमा रहने कारण उच्चजोखिममा डेण्टल उपचार छ ।
-याल ग्रन्थी कोरोना भाइरस भण्डारण हो । -याल ग्रन्थीमा सुषुप्त अवस्थामा रहेका कोरोना संक्रमण फैलन नदिन दक्ष जनशक्तिबाट बेलैमा दात तथा मुखका रोग निदान र उपचार आवश्यक रहन्छ ।
हालैमात्र स्वाद र गन्ध हराउने लक्षण थपिनु र खोक्दा तीन हजार र हाच्छयु गर्दा दस हजार पानीका फोका निस्कने तथ्यले ‘झनै दन्त क्लिनिक र अस्पताल नै संक्रमणको स्रोत बन्ने हुन् ?’ कि भन्ने त्रास बढेको छ ।
मुखको उपचारमा नियमित हावाबाट चल्ने सामान र उपकरण प्रयोग गरिरहनपर्ने भएकाले हावाका फोका निरन्तर उत्पादन हुन्छन् । त्यसैले युरोप, अमेरिका तथा अफ्रिकामा नियमित दन्तसेवा लामो समय बन्द नै रहे । रिओपन अमेरिका/डेन्टिस्ट्रि भन्ने मुल मुद्दासहित विभिन्न निर्देशिका बनाइरहेका छन् ।
के कुरामा सावधानी अपनाउने ?
–फोन वा अन्य माध्यमबाट अस्पताल आउनपर्ने वा नपर्नेबारे सम्पर्क गर्ने ।
–अस्पताल जानपर्ने भए उपचारका लागी निश्चित समय वा एप्वाइन्टमेन्ट लिने ।
–घरबाहिर निस्कँदा मास्क लगाउने र साबुनपानीले हात धुने, स्यानिटाइजर बोक्ने ।
–सम्भव भए संक्रमण जोखिम न्यूनीकरण गर्न साथीहरू नदिइ अस्पताल जाने ।
–अस्पतालमा साबुनपानीले हात धुने र जथाभावी छुने, थुक्ने, बोल्ने नगरी दुई मिटरको फरकमा बसी पालो कुर्ने, लक्षण तथा इतिहास दिनेमा झन्झट नमान्ने र सहयोगीको अनुमतिमा मात्र निर्देशनअनुसारका सावधानी अपनाएर उपचारका लागि भित्र छिर्ने ।
–उपचार कुर्सिमा बस्नुपहिले साबुनपानीले हात धुने, हेड र बुट कभर लाउने, ०.२ प्रतिशत सीएचएक्स, पोभिडिन आयोडिन वा १ प्रतिशत हाइड्रोजन पेरोअक्साइडले मुख कुल्ला गर्ने ।
–पैसा तिर्न अनलाइन तथा डिजिटल माध्यम प्रयोग गर्ने ।
–उपचार कक्षमा अक्सिजन उपलब्धता गर्ने ।
–जटिलता आइहाले प्राथमिक उपचार गर्नसक्ने व्यक्ति पहिचान गर्ने ।
–सम्पर्कमा चिकित्सक, संस्था र एम्बुलेन्स राखी आवश्यक पर्दा समन्वय गर्ने ।
–अप्वाइन्टमेन्ट १५ मिनेट कम र दुई बिरामीबीच पाँच मिनेट खाली राख्ने ।
कोरोना महामारी सन्दर्भमा सबैभन्दा जोखिमयुक्त पेसा दन्तसेवा हो । दाँत तथा मुख उपचार लिन जाँदा आकस्मिक उपचार भए जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर सेवा लिन जाऔं । यदि यसो नभए टेलि कन्सल्टेसन गरेर वा एपोइन्मेन्ट लिएरमात्रै सेवा लिने गरौं ।
सामान्य समस्या हो भने उपत्यकामा बढ्दै गएको संक्रमण ध्यान दिँदै सामान्य उपचार सेवा एक/दुई सातापछि लिँदा पनि हुन्छ । किनभने महामारीका बेला स्वास्थ्य संस्था धाउनु कोभिड–१९ संक्रमणनजिक जानु पनि हो ।
डा. बुढाथोकी उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभागका आँखा, नाक, कान, घाँटी, एवं मुख स्वास्थ्य प्रमुख हुन् ।