तर उपचारका लागि अस्पताल भर्ना भए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । जापानी क्षेत्रीय तटीय सुरक्षा दका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरेका गाईहरु तैरिएको देखिएको जानकारी दिए । करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र पाँच हजार ८०० गाई रहेका थिए ।
उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँधीले जहाज हल्लाएको र डुबेको बताएका छन् ।