वीरगंज | कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ सय ५८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ८५ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २७, प्रदेश ५ मा १९ आइसियु र ३ जना भेन्टिलेटरमा र गण्डकी प्रदेशमा ५ संक्रमित आइसियुमा उपचाररत रहेका छन्।