वीरगंज | देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
बिहीबार ७ हजार ७ सय ४२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ४ हजार ३ सय होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार ५०, प्रदेश १ मा ७ सय १५, प्रदेश ५मा ४१८, सुदूरपश्चिम प्रदेशमा १२९, गण्डकी प्रदेशमा ४३ र कर्णाली प्रदेशमा ७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। v