वीरगंज | वीरगंज महानगरमा निषेधाज्ञा भदौ २५ गतेसम्मको लागि थपिएको छ । बिहीवार दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना सार्वजनिक गर्दै भदौ २५ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ ।वीरगंज, १८ भदौ/
वीरगंज महानगरमा निषेधाज्ञा भदौ २५ गतेसम्मको लागि थपिएको छ । बिहीवार दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना सार्वजनिक गर्दै भदौ २५ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ ।
भदौ १९ गते वीरगंज महानगरमा निषेधाज्ञाको मिति समाप्त हुन गइरहेकोमा आज जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।
सूचनामा मेनरोडको पूर्व र दक्षिणतर्फका पसल सोमवार, बुधवार, शुक्रवार पश्चिमतर्फका पसलहरु आइतवार, मंगलवार र बिहीवार बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाउने उल्लेख छ ।
यसैगरी बिहान ५ देखि ८ बजेसम्म तरकारी, फलफूल रेलवे रोडमा बिक्री गर्न पाइने र १५ फिट दूरी कायम गर्नुपर्ने जनाएको छ ।-v