भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक ट्वीटर अकाउन्ट ह्याक भएको छ । भारतीय सञ्चार माध्यमले दिएका खबर अनुसार बुधबार दिउँसो ३ बजेतिर अकाउन्ट ह्याक भएको थियो।
नरेन्द्र मोदी इन नामको मोदीको निजी वेबसाइटको ट्वीटर अकाउन्ट ह्याक भएको हो । ह्याक गरेपछि ह्याकरले त्यस ट्वीटरमा कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा दान गर्न अपिल गर्दै ट्वीट गरेका थिए । क्रिस्टो करेन्सी(डिजिटल मुद्रा) राहत कोषमा दान आग्रह गरिएको छ ।
त्यसको लगतै अर्काे ट्वीट गरिएको छ । ‘यो अकाउन्ट जोन वीकबाट ह्याक भएको छ । हामीले पीटीएम मल(भारतको चर्चिच अनलाइन सपिङ एप) ह्याक गरेका छैनौं;
अहिले अकाउन्ट रिकभर भइसकेको छ । यस अकाउन्टमा २५ लाख फलोअर्स रहेका छन् । अकाउन्टको सुरक्षाका लागि आवश्यक सबै कदम चालिएको ट्वीटर कम्पनीका अधिकारीहरुले बताएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।