एजेन्सी । व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ ।यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचन प्रणालीलाई सुधार्न सकिन्छ ।दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् ।
अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् । यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् । तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ ।आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नुस् ।दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् ।
एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् ।दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् ।
एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस् ।