• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    स्वास्थ्य मन्त्रालय भन्छ– नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० मात्रै, बाँकीमा थियो कोरोनाबाहेकका रोग ! 

  • Sep 2, 2020, 7:00 am
  • ४४९७

    विरगंज । नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस  (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् ।
    प्रदेश १ मा दुई जनाको कोभिड १९ बाटै मृत्यु भएको छ । उनीहरुको उमेर समूह ४५ वर्ष छ । सुदूरपश्चिम प्रदेशमा एकजना ४६ वर्षका पुरुषले कोभिड १९ कै कारण मृत्यु भएको थियो । अन्य  व्यक्तिहरुमा कोभिड १९ सँगै पहिल्यै निमोनियाँ, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।
    स्वास्थ्य मन्त्रालयले तयार पारेको डाटाअनुसार कोरोनाबाहेक उच्च रक्तचाप, निमोनिया, क्यान्सर तथा दमका रोगी, लामो समयदेखि सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या,मधुमेह, नसा सम्बन्धी समस्यालगायतका कारण देखाएको छ ।
    स्वास्थ्य मन्त्रालयले तयार पारेको रिपोर्टमा जम्मा १० जनाबाहेकको मृत्युको कारण अन्य भएको उल्लेख छ । कोरोनाले नेपालमा अहिलेसम्म २२८ जनाको मृत्यु भएको छ ।
    कोरोनाले मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथिका
    नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) का कारण २२८ जनाको मृत्यु भएको छ ।
    कोरोना भाइरसबाट मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथि उमेर समूहका छन् । नेपालमा कुल संक्रमितमा ०.५८ प्रतिशत मृत्यु दर देखिएको छ ।
    मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्युको तथ्यांक हेर्दा सबैभन्दा बढी ५० वर्षभन्दा माथिकै व्यक्ति छन् । साथै उनीहरुमा अन्य विभिन्‍न दीर्घरोगसमेत रहेको अधिकारीले बताए ।
     उनले भने, “विभिन्‍न स्वास्थ्यमा कुनै पनि समस्या भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा कोरोना संक्रमणले बढी असर गरेको छ ।”
    कोरोनाबाट ज्यान गुमाउनेमा १६५ पुरुष, ५७ जना महिला तथा तीन बालिका र तीन बालक गरी २२८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ ।
    कुन उमेर समूहका कतिले ज्यान गुमाए ?
    नेपालमा कोभिड १९ का कारण ४९ दिनको शिशुदेखि १०८ वर्षका ज्‍येष्ठको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यस्तै ४९ दिनको शिशुदेखि १८ वर्ष उमेर समूहका आठ बालबालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । जुन कुल मृत्युको ३.५० प्रतिशत हो ।
    म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ती बालकमा जन्मनेबित्तिकै मिर्गौलाको समस्या देखिएको थियो ।यस्तै, १९ देखि ३० वर्ष उमेर समूहका १७ जनाले कोरोनाका कारण गुमाएका छन् । जुन मृत्युको ७.४६ प्रतिशत हो ।
    ३१ देखि ४० वर्ष उमेर समूहका २१ जनाको मृत्यु भएको छ यो कुल मृत्युको ९.२१ प्रतिशत हो । ४१ देखि ५० वर्ष उमेर समूहका ४४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो कुल मृत्युको  १९.२९ प्रतिशत हो ।
    यस्तै ५० वर्षभन्दा माथि उमेर समूहका सबैभन्दा बढी १३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो कुल मृत्युको ६०.५२ प्रतिशत हो । नेपालमा ५० वर्षभन्दा माथिका मृत्यु हुने अधिकांशमा दीर्घकालीन स्वास्थ्य समस्या रहेको मन्‍त्रालयले जनाएको छ ।
    कुन प्रदेशमा कतिले ज्यान गुमाए ?
    देशगत रूपमा कोरोनाका कारण मृत्यु हुनेको तथ्याकं हेर्दा सबैभन्दा बढी प्रदेश २ मा देखिन्छ । जसमा ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उक्त जिल्लाको पर्सामा मात्र ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ । सोही प्रदेशको बारामा १२ जनाले र धनुषामा पनि १२ जनाले नै कोरोनाका कारण मृत्यु भएको छ ।
    भने अन्य जिल्लामा मृत्युको दोहोरो अंक छैन ।
    कोरोनाका कारण वाग्मती प्रदेशमा  ५४ जनाको मृत्यु भएको छ । उपत्यकामा कोभिड १९ का कारण ३५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये काठमाडौंमा २१ जना भक्तपुरमा आठजना र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् ।
    काठमाडौंमा कोरोनाबाट ज्यान गुमाउनेमा महिला नौजना छन् । उनीहरु ४१ वर्षदेखि ७८ वर्ष उमेर समूहका छन् । पुरुष  १२ जना छन् । उनीहरु ४८ देखि ९४ वर्ष उमेर समूहका छन् । मंगलबार दिउँसोसम्म काठमाडौंमा चार हजार ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित चार हजार ९६ जना छन् ।
    भक्तपुरमा भदौ १६ गतेसम्म ५१७ जनामा कोरोना देखिएको छ भने सक्रिय संक्रमित ३८१ जना छन् । भक्तपुरमै चार महिला र चार पुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् । ललितपुरमा ६ जनाको मृत्यु भएकामा पुरुष पाँचजना र एक महिला छन् । भदौ १६ गते दिउँसोसम्म ललितपुरमा ६८५ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित ६०९ छन् ।
    नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।
    यसैगरी, प्रदेश १ मा ३७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने सबैभन्दा बढी मोरङका  १३ जनाको मृत्यु भएको छ ।  प्रदेश ५ मा  ३२ जना, गण्डकी प्रदेशमा १२ जना,  सुदूरपश्चिम प्रदेशमा १० जना र कर्णाली प्रदेशमा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑