• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिकित्सकको लाइसेन्स परीक्षा भदौ २० गते सञ्चालन हुने

  • वीरगंज संजाल
  • १५ भाद्र २०७७, सोमबार २१:२०
  • ३८२५

    विरगंंज । नेपाल मेडिकल काउन्सिलले लिँदै आएको चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा भदौ २० गते सञ्चालन हुने भएको छ।

    परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको भन्दै काउन्सिलले यही २० गते परीक्षा सञ्चालन गर्न लागेको हो। भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालनका लागि अनुमति दिएसँगै काउन्सिलले परीक्षा हुने मिति तोकेको हो।

    परीक्षा सञ्चालनका लागि काउन्सिलले निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ। जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सकिने अर्थमन्त्री डा युवराज खतिवडाले बताए।

    प्रत्येक परीक्षार्थीको चारै तर्फबाट कम्तीमा २÷२ मिटरको दूरी कायम गरी एउटा हलमा २५ जना बढी परीक्षार्थी राख्न नपाउने बैठकले निर्णय गरेको छ। आवश्यक सहजीकरणका लागि आवतजावत र सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउने मन्त्री खतिवडाले जानकारी दिए।

    यसअघि काउन्सिलले लिँदै आएको लाइसेन्स परीक्षा लकडाउनका कारण प्रभावित भएको थियो। यही भदौ ७ गतेदेखि लाइसेन्स परीक्षा लिने भनिए पनि अवस्था सामान्य नभएको भन्दै काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। यसअघि चैत ८ गते तय भएको परीक्षा पनि स्थगित भएको थियो।

    काउन्सिलले अवस्था सामान्य भएपछि र सरकारको अनुमतिपछि परीक्षा सञ्चालन गर्ने बताएको थियो।

    लाइसेन्स परीक्षा दिन काउन्सिलमै आउन नपर्ने व्यवस्था मिलाएको काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले बताए। काउन्सिलले लाइसेन्स परीक्षाका लागि धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल र नेपालगञ्जमै केन्द्र ताकेको छ। लाइसेन्स परीक्षाका लागि चिकित्सकहरु काठमाडौं नै आउनुपर्ने बाध्यता छैन।

    उनले भने, ‘हामीले सबै तयारी गरेको भएर नै सरकारसँग परीक्षा सञ्चालनका लागि अनुमति मागेका थियौं।’ जो जहाँ छन्, त्यहीँबाट नै चिकित्सकहरुले लाइसेन्स परीक्षा दिन सक्ने काउन्सिलका रजिस्ट्रार अधिकारीले बताए।

    मंगलबार परीक्षा हुने केन्द्रसहित विद्यार्थीको रोल नम्बर सार्वजनिक गर्ने भन्दै उनले भने, ‘सबै विद्यार्थी जो जहाँ छन्, त्यहीँबाट परीक्षा सञ्चालन हुन्छ। हामीले मंगलबार केन्द्र सहित विद्यार्थीको रोल नम्बर सार्वजनिक गर्छाैं। परीक्षाका लागि सबै तयार हुनुहोला।’

    उनका अनुसार सबै परीक्षा अनलाइनबाटै हुने भएकाले प्रमाणपत्र लिन मात्र काउन्सिल आउनुपर्ने छ। लाइसेन्स परीक्षाका लागि करिब एक हजार चिकित्सकले फर्म भरेको काउन्सिलले जनाएको छ।

    देशभर हाल २७ हजार चिकित्सक काउन्सिलमा दर्ता भएका छन्। काउन्सिलले अन्डर ग्र्याजुएटको वर्षमा चार र पोस्ट ग्र्याजुएटको तीन पटक परीक्षा लिँदै आएको छ।

    काउन्सिलले एमबिबिएस पढेर आउने सबै चिकित्सकलाई २०५८ सालपछि लाइसेन्स परीक्षा अनिवार्य गरेको थियो। लाइसेन्स पास गरेकाले मात्र चिकित्सा पेसा गर्न पाउने कानुनी व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑