महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुरनगरपालिका—५ का वडा अध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको भन्दै उजुरी परेको छ । उनको विरुद्धमा ६ फाल्गुण २०७६ मा उजुरी परेको थिया तर यहिलेसम्म छानबिन हुन सकेको छैन । पावर र पैसाको बलमा चौधरीससंग दुइवटा अलग अलग देशको नागरिकता भएपनि खुलेयाम घुमिरहेका छन ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका मुद्दा फाँटमा मुदा राखिएको र लकडाउन र कोरोना माहामारीको बहाना बनाएर छानबिन हुन नसकेको स्रोतले जनाएको छ । यता शक्ति र पैसाको बलमा वाडामा हुने बलत्कारजस्तो जघन्य अपराध गर्नेअपराधिलाइ सजायकोसाटा पैसामा डिल गर्न खोजेको आरोप रहेका छन ।
बलत्कारको घटना पैसाले मिलाउने सिलसिलामा चौधरी भारतीय नागरिक रहेको र चौधरीले नागरीकता विबादलाइ मिलाउन लाखौ रकम एउटा प्रभावशाली नेतालाइ दिएको र उहाले सबैथोक मिलाएको अडियोमा सार्बजनिक भएको देखिएको छ । अडियोमा भनिएका छन बलत्कारको घटना मिलाउन चौधरीले त्यहि नेताको घरमा आउन भन्दा मैले आएको हु, त्यहि नेताको कृपाले यहिलेसम्म भारतीय नागरिक जितेनद्र चौधरी बाँचेका छन र खुलेयाम घुमदापनि प्रहरीले केही गर्न सकेका छैन ।
वाडा अध्यक्ष चौधरीमाथि उजुरी परे लगतै फाल्गुण ८ गते उनको नाममा पत्र काटिएको थियो। वडा अध्यक्ष चौधरी भारतीय नागरिक रहेको प्रमाणसहित रामगोपालपुर ८ थलहीका हरिश्चन्द्र ठाकुरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। नागरिकतासम्बन्धी उजुरीमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्दैछ ।
लकडाउनले अनुसन्धान प्रभावित भएको भन्दै आलटाल गरिरहेका छन । ‘अवैध रुपमा नागरिकता लिएको ठहर भयो भने नागरिकता खारिज, कैद, जरिवानासहितको कारबाही हुन्छ,’महोत्तरीका सीडियो कृष्णबहादुर कटुवालले भनेका थिए ।
भारतीयलाई नेपाली नागरिक बनाउन आफ्नै छोरा, नाति, काका बनाएर सिफारिस गरेका थुपै्र उदाहरण छन्।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वातन्त्रण उमेदवारी दिएका जितेन्द्र वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको छ। उजुरीकर्ताले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको उजुरीमा भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा चौधरीको फोटोसहितको नाम रहेको तथ्य पनि पेश गरेको छ।
भारतीय मतदाता नामावलीमा वडा अध्यक्षको नाम जितेन्द्र चौधरी र उनको बुबाको नाम हीरा चौधरी उल्लेख छ भने नेपाली नागरिकतामा वडा अध्यक्षको बुबाको नाम हीराबाट परिवर्तन गरेर अनिल चौधरी उल्लेख छ। उनको बुबा र वडा अध्यक्षले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदानसमेत गरेका उजुरीकर्ताको भनाइ छ।
नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध छ। त्रेताकालमै भगवान राम–सीताको विवाहले कायम गरेको नेपाल र भारत नाताकुटुम्भको सम्बन्ध अहिले पनि समाजिक, साँस्कृतिक, धार्मिक रुपमा अझै काम छ।
यही सम्बन्धलाई दुरुपयोग गर्ने पनि धेरै छन्। आफ्ना भारतीय ज्वाँईलाई छोरा बनाएर नेपाली नागरिकता दिलाउने पनि छन्। यसले गर्दा भारती रातारात नेपाली भएका छन्। भारतमा पनि नेता चुन्छन्, नेपालमा पनि त्यो अधिकार प्रयोग गर्छन्।
तर रामगोपालपुर नगरपालिका वाडा नम्बर ५का वडा अध्यक्ष जितेन्द्र चौधरीलाइ दुई देशको नागरिकता र दुबैमा फरक फरक बुबासमेत रहेपनि प्रहरीले यहिलेसम्म चौधरीलाइ समात्न नसक्दा न्यायमाथिको विश्वास र आश हराउदैगएको स्थानियहरुले बताइरहेका छन ।