• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीका दुःख : चुहिने भवनमा बस्छन्, खोल्साको पानी पिउँछन्

  • वीरगंज संजाल
  • १२ भाद्र २०७७, शुक्रबार ०८:०२
  • ४९०९

    झापा भद्रपुर–३ मेचीपारिस्थित प्रहरी चौकीमा दुईकोठे भवन र एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा आठ जना छन् ।

    दुई कोठामध्ये एउटाबाट प्रशासनिक काम हुन्छ भने अर्कोमा ब्यारेक छ । प्रशासनिक कोठाकै एकापट्टि खाट राखेर चौकी इन्चार्ज सुत्छन् । बर्खामा भवनमा पानी चुहिएर प्रहरीलाई बस्न निकै सकस हुन्छ । टिनले बारेको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । टिनले बारेको शौचालय बेलाबेलामा हावाले उडाइदिन्छ ।

    गौरीगञ्ज–४ स्थित सीमा प्रहरी चौकी खजुरगाछीका प्रहरी एककोठे भवनमा कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । पुरानो भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफै असुरक्षित छन्,’ गौरीगन्ज–४ का वडाध्यक्ष कुलप्रसाद गिरी भन्छन् । शौचालयको सेफ्टीट्यांकी भत्किएको छ ।

    पानी पर्दा भरिएर शौचालय गइनसक्नु हुन्छ । त्यो पनि भान्सा छेउमै छ । ट्युबेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्, प्रहरी । यस्तै, तनहुँको गजरकोट प्रहरी चौकीका ६ जना प्रहरी खोल्साको पानी पिउन बाध्य छन् । उनीहरू देउराली खोल्साबाट ल्याएको पानी पिउँछन् । चौकी इन्चार्ज असई देमबहादुर बानियाँका अनुसार नजिकै खानेपानीको धारा छैन ।

    पहाडका प्रहरी कार्यालय चुहिन्छन्, तराईका डुब्छन्  

    सिराहा कल्याणपुर–१२ बेल्हास्थित चौकीमा प्रहरीलाई वर्षाको पानीबाट जोगाउन पाल टाँगिएको छ । झ्याल, ढोका नभएकाले सर्पको जोखिम छ । भारत सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालय वर्षा सुरु भएसँगै जलमग्न हुन्छ ।

    ५० वर्ष पुरानो भवनमा प्रहरी बसेका छन् । चौकी इन्चार्ज सइ शैलेन्द्र यादव भन्छन्, ‘छतबाट प्लास्टर उप्केर जिउमै पनि खस्छ । दुःखका साथ बसेका छौँ ।’ सदरमुकाम सिराहाकै वडा प्रहरी कार्यालय ‘ख’ राखिएको नेपाल टेलिकमको भवनमा वर्षामा पानी चुहिन्छ ।

    बाँकेको प्रहरी चौकी, गंगापुरले वडा कार्यालयले छाडेर गएको भवन स्याहारेको छ । दुईतले भवन सामान्य वर्षा हुँदा पनि चुहिन्छ । चौकी इन्चार्ज असइ रामकृष्ण थापाका अनुसार पानी पर्न थाल्यो कि रातभर खाट सार्दै सुत्नुपर्छ । चौकी राप्ती नदीकिनारमा छ । सानो बाढी आउँदा पनि चौकीसम्म पानी आइपुग्छ ।

    ‘बाढी आउँदा अरूको उद्धार गर्नुपर्ने हाम्रै उद्धार अरूले गर्नुपर्ने अवस्था छ,’ असइ थापा भन्छन् । यस्तै, अस्थायी प्रहरी पोस्ट, फत्तेपुर मुख्य सडकबाट तीन किलोमिटर भित्र छ । प्रहरी चौकी, फत्तेपुर ‘क’ मा सुत्ने खाट समेत छैन । असइ फत्तेबहादुर हमालका अनुसार कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन बन्द भएपछि त्यहीँका खाट ल्याएर प्रहरी सुत्ने गरेका छन् ।

    सीमा प्रहरी चौकी सुइया ४६ वर्ष पुरानो भवनमा छ । भवनका इँटा कुहिसकेका छन्, पर्खाल चर्केको छ । त्यही चर्केको पर्खाल टालटुल पारेर प्रहरी बसेका छन् । जीर्ण भवन पानी पर्नासाथ चुहिन्छ । सुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर र गंगापुर प्रहरी चौकी तथा इलाका प्रहरी मटेहियामा पनि बिजुली छैन । सबैमा सौर्य बत्तीले काम चलाइएको छ ।

    सुइया र गंगापुर चौकीका मोटरसाइकल बिग्रेर थन्किएका छन् । सरकारले प्रत्येक प्रहरी चौकीलाई एक–एकवटा मोबाइल सेट र सिम दिएको छ । तर, जिल्ला प्रहरी कार्यालय मोबाइल रिचार्ज गर्न रकम नदिएपछि ती सिम ब्लक भइसकेका छन् ।

    प्रहरी चौकी गंगापुरको भान्साघर खरले छाएको छाप्रोमा छ । पानी प¥यो कि छाप्रोमा उभिएरै खाना खानुको विकल्प हुँदैन । प्रहरी चौकी फत्तेपुर ‘क’को भान्सा सहकारीको जीर्ण भवनमा छ । वडा कार्यालयले फालेका कुर्सी र टेबल मर्मत गरेर भान्सामा राखिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन ०५५ देखि भरतपुर–१० स्थित जीर्ण र साँघुरो भाडाको घरमा बसेको छ । जिल्लामा ४६ जना ट्राफिक प्रहरी छन् । तीमध्ये जिल्ला ट्राफिक कार्यालयमा २५ जना कार्यरत छन् ।

    साँघुरो ठाउँमा बस्नुपर्ने भएकाले प्रहरीलाई भाडामा बस भन्नु परिरहेको जिल्ला ट्राफिक प्रमुख निरीक्षक दयाकृष्ण भट्ट बताउँछन् । भट्ट पनि विमानस्थल सुरक्षा गार्ड बस्ने भवनमा कोठा मागेर बसिरहेका छन् । चारजना ट्राफिक प्रहरी महिला भाडामा बस्छन् । २५ जनामध्ये १५ ट्राफिक प्रहरी त्यही भवनमा बस्छन्, बाँकी सबै भाडामा । उनीहरू बेन्च जोडेर बनाइएको खाटमा सुत्छन् । आधा ज्यान खाटमा हुन्छ, आधा बाहिर । कोठामा नअटेर कोही बार्दलीमा सुत्छन् । त्यही भवनको मासिक भाडा २० हजार सात सय रुपैयाँ तिर्नुपर्छ ।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी जवानहरूलाई छानो नै नभएको अलपत्र भवनमा पाल टाँगेर राखिएको छ । कर्णाली प्रदेश सरकारले रकम निकासा नगरेपछि भवन निर्माण अलपत्र परेको छ । त्यही अलपत्र भवनमा जवानहरूलाई राखिएको छ ।

    जिल्ला प्रहरी प्रमुख डिएसपी नारायण रञ्जितकारका अनुसार पहिलो किस्ता ५५ लाख आयो, त्यसपछि बजेट आएन । उनी भन्छन्, ‘हिमाली जिल्ला भएकाले कात्तिकदेखि चिसो सुरु हुन्छ, मंसिरदेखि माघसम्म हिउँ पर्छ । झ्याल, ढोका थुनेर बस्नुपर्ने बेलामा चारैतिर खुला भवनमा कसरी प्रहरीलाई जोगाउने भन्ने चिन्ता छ ।’

    गोरखामा भूकम्पबाट क्षति पुगेका २१ मध्ये १३ वटा प्रहरी एकाइका भवन पुनर्निर्माण भएको छ । पुनर्निर्माण हुन नसकेका चारमध्ये प्रहरी चौकी सौरपानीलाई जस्ताको टहरो र टेन्टमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयकै भवन निर्माणाधीन छ । यस्तै, जाजरकोटमा २८ मध्ये १४ वटा प्रहरी कार्यालय भाडाको कच्ची घरमा बसिरहेका छन् । ती प्रहरी चौकीमा बत्ती र पानीको सुविधा छैन ।

    कैलालीको मोहन्याल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय सुगराखलमा कार्यरत प्रहरी चुहिने घरमा बस्छन् । वर्षौँ पुरानो काठको कच्ची घरको जस्तापाता ठाउँ–ठाउँमा प्वाल परेकाले त्रिपाल ओढाइएको छ । सइ अम्बादत्त भट्टका अनुसार दुईतले थोत्रो घरमा पाँचवटा कोठा छन्, जहाँ १६ जना प्रहरी बस्छन् ।

    चुहिने भवनमा रासन र हतियार जोगाउन मुस्किल छ । कसैलाई पक्राउ गरेर ल्याउनुपरे राति इलाका प्रहरी कार्यालयमा राख्न सक्ने अवस्था छैन । धनगढीमा वडा प्रहरी कार्यालयको पनि वर्षौ पुरानो भवन जीर्ण बनेको छ । सुत्ने ठाउँ नभएकाले राति प्रहरीलाई घर पठाइने गरेको छ । वर्षामा वडा प्रहरी कार्यालय डुबानमा पर्छ ।

    कञ्चनपुर गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयको जीर्ण भवन पानी पर्नासाथ चुहिन्छ । नियमित वर्षा हुँदा कार्यालयपरिसरमा जलमग्न हुन्छ । इप्रका इन्चार्ज नरेन्द्र चन्दका अनुसार कार्यालयमा भान्सासमेत छैन । पिपरैया प्रहरी चौकीमा पनि पानी पर्नासाथ भवन चुहिन्छ । गत वर्ष हुरीले भवनको छानो नै उडाएको थियो ।

    महाकाली नदी किनारस्थित डुबानमा पर्ने गरेको चौकी इन्चार्ज दीपक भण्डारी बताउँछन् । ‘धाराको पानीमा पनि बालुवा मिसिएको हुन्छ, बालुवा थिग्रिएपछि मात्र पानी पिउँछौँ,’ भण्डारी भन्छन् । लालझाडीस्थित इलाका प्रहरी कार्यालय शंकरपुरमा दोदा नदीको बाढी पस्छ । बेलडाँडी ५ स्थित झिलमिला प्रहरी चौकी पनि वर्षामा डुबानमा पर्छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी जवानहरू कभर्ड हलमा सुत्छन्, जहाँ उनीहरूका लागि झुलसमेत छैन । ‘ड्युटी कस्सिएर गर्नुपर्छ, निदाउन सकिने बिस्तारा पनि छैन,’ एक प्रहरी जवान भन्छन् । अर्को ब्यारेकमा सुत्ने प्रहरी जवानहरू आफैँले झुल किनेका छन् ।

    नयाँ भवन निर्माणाधीन रहेकाले जिल्ला प्रहरी प्रमुख एसपी दीपकराज खरेल, डिएसपी मदन गिरी र निरीक्षक सुरज श्रेष्ठ भाडामा बस्दै आएका छन् । प्रहरी कार्यालयमा महिला शौचालय र महिला चेन्जिङ रुम एउटै ब्लकमा छ । शौचालयको गन्धले उनीहरूलाई कपडा फेर्नसमेत हतारो हुन्छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की बसको टिकट काउन्टरमा सरेको १५ वर्ष बित्यो । ०६२ मा बसपार्क बनाउने बताउँदै ट्राफिक प्रहरीलाई हालको कार्यालयमा सारिएको हो । तर, अहिलेसम्म बसपार्क निर्माण भएको छैन । ‘ट्राफिक प्रहरी र बसपार्क दुवैको अवस्था भद्रगोल छ,’ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी भन्छन्, ‘ट्राफिक प्रहरी कार्यालय मान्छे बस्नलायक नै छैन ।’

    रूपन्देहीको मर्चवारस्थित सुमेरुगढ प्रहरी चौकीको भवन जुनसुकै बेला भत्किने अवस्थामा छ । बाहिरबाट चिटिक्क देखिए पनि भित्रपट्टि छतबाट सिमेन्ट खसेर ढलानमा प्रयोग भएका छड देखिन्छन् । ०३७ मा स्थापना भएको चौकी भवन हालसम्म पुनर्निर्माण भएको छैन ।

    महोत्तरीको प्रहरी चौकी बथनाहा ०४५ देखि नै माटोको घरमा छ । स्थानीय बासिन्दाले दुई कट्ठा जग्गा पनि दिएका छन्, तर भवन बनाउने बजेट छैन । वर्षाको पानी ओछ्यानमा चुहिन्छ । बेलाबेला विषालु सर्प ब्यारेकमै आइपुग्छन् । त्यसैले प्रहरी राति निदाउन सक्दैनन् ।

    मनरास्थित प्रहरी चौकी पनि सुरुदेखि नै खाद्य संस्थानको गोदाममा छ । झ्याल नभएकाले गर्मीमा चौकीमा पस्नासाथ खलीखली पसिना चुहिन थाल्छ । मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्यजस्तै भइसकेको छ ।

    प्रहरी चौकी भ्रमरपुराको ब्यारेकमा पनि वर्षामा पानी चुहिन्छ । भवन निर्माणाधीन रहेकाले जिल्ला प्रहरी कार्यालयमै कार्यरत जवानहरू पनि प्राविधिक कार्यालयको भवनमा कोचिएर बसिरहेका छन् । यस्तै, इलामको एकतप्पा प्रहरी चौकी बसेको भाडाको घर बीचभागमै चुहिन्छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्तामा बस्छन्, प्रहरी ।

    प्रदेश २ मा नेपाल प्रहरीका करिब साढे चार सयवटा एकाइ छन् । तीमध्ये दुई सयवटा भाडाका घरमा वा कसैले सहयोगस्वरूप उपलब्ध गराएका भवनमा बसेका छन् । प्रदेश–२ प्रहरी कार्यालयका अनुसार ८७ वटा प्रहरी एकाइका भवन जीर्ण छन् ।

    जुम्लामा जिल्ला प्रहरी कार्यालयको भवनको जग मात्र खनिएकाले प्रहरीहरू त्रिपालमा बसेका छन् । भवन सम्पन्न गर्ने मिति तीन महिनाअघि नै गुज्रिसकेको छ । पुरानो भवन भत्काइँदा प्रहरीको उठिबास भएको छ ।

    १० जना सुत्ने कोठामा २०, २० जनाको ठाउँमा ४० गरेर प्रहरीले त्रिपालमा बस्नु परेको छ । कोही भान्सा त कोही शौचालयको छेउमा रात काटिरहेका छन् । २९ जेठ ०७६ मा निर्माण सुरु भएर २८ जेठ ०७७ मा सम्पन्न हुनुपर्ने सम्झौता छ । तर, ठेकेदार कृष्णबहादुर स्वाँरले भुक्तानी नआएको भन्दै बीचमै काम छोडेर सम्पर्कविहीन छन् ।

    लमजुुङको दोर्दी ६ छोटेखोेलास्थित अस्थायी प्रहरी चौकी छाप्रोमा छ । वर्षात् हुँदा ब्यारेकमा पानी भरिन्छ, प्रहरी रातभर जाग्राम बस्छन् । एउटै छाप्रोमा सातजना सुत्नुपर्छ । बाहुनडाँडा प्रहरी चौकीमा पनि जस्तापाताबाट पानी चुहिन्छ । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑