वीरगंज | कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ८० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट अमेरिकामा १ लाख ८० हजार ५ सय २७ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी मृत्यु न्युयोर्कमा ३२ हजार ९ सय २६ छ भने त्यहाँ ७४ हजार ८ सय ५० जना निको भएका छन्। यस्तै, न्युजर्सीमा १५ हजार ९ सय २१, क्यालिफोर्नियामा १२ हजार ६ सय २७, टेक्सासमा १२ हजार १ सय ५६, फ्लोरिडामा १० हजार ८ सय ६८, म्यासाचुसेट्समा ९ हजार ८, इलिनोइसमा ८ हजार १ सय ८५, मिसिगनमा ६ हजार ७ सय ६, जर्जियामा ५ हजार ३ सय ९१ र एरिजोनामा ४ हजार ९ सय २९ जनाको मृत्यु भएको छ।
अमेरिकामा हालसम्म ५८ लाख ६० हजार ३ सय ९७ जना संक्रमित भएका छन्। अमेरिकापछि बढी प्रभावित मुलुकमा ब्राजिल रहेको छ, जहाँ ३७ लाख १७ हजार १ सय ५६ जना संक्रमित भएका छन् भने १ लाख १७ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ।