जोहानेसबर्ग, दक्षिण अफ्रिका-आज न्यूयोर्क र लन्डन विश्वकै सर्वाधिक धनी देशको सूचीमा शीर्ष स्थानमा रहेका छन्, तर एक समयमा दक्षिण अफ्रिकाको एक शहर विश्वकै सर्वाधिक धनी शहरको रुपमा रहेको थियो ।
उक्त शहरको नाम थियो जोहानेसबर्ग । यो दक्षिण अफ्रिकाको सर्वाधिक बढी जनसंख्या भएको शहर थियो । हिरा र सुनको खानीका लागि प्रसिद्ध जोहानेसबर्ग पहिले सिटी अफ गोल्ड अर्थात् सुन ओकल्ने शहर भनिन्थ्यो । यसका पछाडिका कारण यो थियो कि १५० वर्ष पहिले यो खजानाबाट विश्वकै ८० प्रतिशत सुन निकालिन्थ्यो ।
तर अब यो शहरलाई विश्वकै सर्वाधिक खतरनाक शहरको रुपमा लिने गरिएको छ । हाल आएर भने यो शहर अपराधिहरुको अड्डाको रुपमा स्थापित भएको छ ।१८८६ मा एक अंग्रेजले जोहानेसबर्गमा सुनको खजानाको खोजी गरेका थिए ।
जब विश्वलाई यो ठाउँको रुपमा पत्ता लाग्यो अन्य अन्य देशहरुबाट मानिस यहाँ आएर बस्न थाले र सुनको खजानामा आफ्नो भाग्य देख्न थाले । सुनको खजानाका कारण यो शहर व्यापक धनी भइसकेको थियो ।यद्यपि जोहानेसबर्गमा रीफ सिटी मनोरन्जनको सबैभन्दा ठूलो केन्द्र बनेको छ ।
यो शहर सेन्ट्रल बिजनेस डिस्ट्रिकमा सुनको खानीको नजिक रहेको छ । वास्तवमा यो एक पार्क हो । जहाँ काम गर्ने कर्मचारी १८८० मा पोशाक लगाएर घुमिरहेको देखिन्थ्यो । यहाँका सबै भवन सोही समयको दृष्टिकोणबाट डिजाइन गरिएको थियो । यहाँ व्यापक संख्यामा पर्यटक आउछन् र खजानाबाट धातु निकालेर सुन बनाउने पुरा प्रक्रिया हेर्थे र बुभ्mदथे ।
जोहानेसबर्गको सबैभन्दा ठूलो म्यूजियम हो हेक्टर पीटरसन म्यूजियम । यो ओरल्यान्डो वेस्टमा स्थित छ । यहाँ एक बालक हेक्टर पीटरसनको हत्या गरिएको थियो । सोही बच्चाको सम्झनापछि म्यूजियमको नाम हेक्टर पीटरसन म्यूजियम राखिएको थियो । यसलाई १६ जून २००२ को आम चुनावमा जनताका लागि खुला गरिएको थियो ।
जोहानेसबर्गको सर्वाधिक ठूलो चिडियाखानामा जनावरका करिब ३००० प्रजाति छन् । यो चिडियाखाना विश्वका उक्त कम संख्याका स्थानमा छन्, जहाँ सेतो सिंह पाइन्छ । यसका अलावा साइबेरियन बाघ पनि पाइन्छ ।
जोहानेसबर्गको ‘द साउथ अफ्रिकन म्यूजियम अफ रक आर्ट’ उक्त म्यूजियम मध्येको हो, जहाँ पथ्थरका बस्तुहर राखिएका छन् । येल रोडस्थित यो म्यूजियममा राखिएका बस्तुका बारेमा भनिएको छ कि त्यसमा केही बस्तु आदिमानवका पनि हुन् ।एजेन्सी