विरगंज। पर्सा प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक गंगा पंतले नियमहरुको उल्घंन निम्न वर्ग भन्दा जनेका तथा उच्च वर्गबाटै हुने गरेको बताउनु भएको छ ।
वीरगञ्ज जेसिस तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रहरी उपरिक्षक गंगा पन्तले भदौ १३ पछि निषेधाज्ञालाई लम्बयाउने कि समाप्त गर्ने प्रशासन समक्ष्य ठुलो चुनौती रहेको बताउनु भयो ।
स्थानियको आनीबानी र स–साना गल्तीले संक्रमणको जोखिम बढेको प्रहरी उपरिक्षक पन्तको भनाई छ । व्यक्तिगत स्वास्थ्य सुरक्षाको मात्र ख्याल गरिएको खण्डमा जोखिम न्युनिकरणमा सहयोग पुग्ने पन्तले बताउनु भयो ।
वीरगञ्ज जेसिजका अध्यक्ष जेसी मुकेश सिंह र समुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष सालिक राम कानुको सभापत्विमा सम्पन्न भएको खुल्ला आकासमिक रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जे. सी.आई. सिनेटर डा. दिपक शाक्य, वी.म.न. पा. वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, रक्तसंचार केन्द्रकी प्रतिनीधीक डिल्ली माया घिमिरे, सिता अस्पतालका डा.दिलिप चौरसिया सहभागीता रहेको कार्यक्रम संयोजक वीरगंञ्ज जेसिजका उपाध्यक्ष जेसी बिजय अग्रवालले बताउनु भयो ।
कार्यक्रममा तेस्रो लिंगी संजीवनी चौधरीले रक्तदान गरि रक्तदानको सुभारम्भ गर्नु भएको थियो ।
यसैबिच, कार्यक्रमलाई संबोधन गर्दै वीरगंज जेसिजका अध्यक्ष जेसी मुकेश सिंहले वीरगंज महानगरपालिका भित्र कोही कसैको घरमा चुल्हो बलेको छैन भने बिरगंज जेसिजले आवश्यक सहयोग गर्ने र सो सम्बन्धी अभियान पनि सुचारु रहेको बताउनु भयो ।के तपाईंले रक्तदान गर्नुभो ? छुुटनु भको छ भने अवस्य गर्न्नु होस सबै को सहयोग गर्ननु होस ।