विरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार पर्सामा आज विरगंज महानगरपालिकामा ६ जना, पर्सागढी नगरपालिकामा १२ जना र धोबिनी गाउँपालिकामा १ जना गरी १९ जना सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेमा ४ जना महिला रहेका छन् ।जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ ।
थपिएका सङ्क्रमित मध्ये विरगंज महानगरपालिकाको वडा नम्बर ४, ५, ९, २५, १६ र २२ मा एक/एक जना रहेका छन् भने पर्सागढी नगरपालिकाको वडा नम्बर ४ का १२ जना रहेका छन् । त्यसैगरी धोबिनी गाउँपालिकाको वडा नम्बर ३ का एक जना सङ्क्रमित भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
पछिल्लो समय आएर नारायणी अस्पतालले थपिने सङ्क्रमितहरुको सिटि भ्यालु समेत सार्वजनिक गर्न सुरु गएको छ । बुधबार थपिएका सङ्क्रमित मध्ये १ जनाको सिटि भ्यालु २१ देखि २४ को बीचमा रहेको छ भने २८ जनाको २५ भन्दा माथि रहेको छ ।
सिटि भ्यालु २४ भन्दा माथि रहेका सङ्क्रमितले सङ्क्रमण फैलाउँने जोखिम कम भएको विज्ञहरुले बताउँछन् ।यो सँगै पर्सा जिल्लामा सङ्क्रमितहरुको संख्या १ हजार ९ सय ९८ पुगेको छ भने सङ्क्रमणबाट ज्यान गुमाउँने ३१ पुगेका छन् ।
साउन सुरुभएसँगै पर्सामा उकालो लाग्न सुरु भएको कोरोना सङ्क्रमितहरुको संख्या विगत दुई दिनदेखि घटेको देखिएको छ ।