• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा सरकार हेरफेरको तयारी

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार १०:२३
  • ३५९३

    वीरगंज। प्रदेश २ मा लालबाबु राउत नेतृत्वको सरकार गठन भएको आगामी फागुन ३ गते तीन वर्ष पूरा हुनेछ । त्यसअगावै सरकार परिवर्तन गर्न सत्तापक्षकै सांसदहरु तयारी अवस्थामा छन् ।

    चुनाव जितेर आएपछि प्रमुख पाँच राजनीतिक दल रहेको प्रदेशसभामा यतिबेला दलको संख्या खुम्चिएर तीनमा झरेको छ । संयुक्त गठबन्धन बनाएर चुनाव लडेका तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) केही महिनाभित्रै एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो |

    अर्को गठबन्धन बनाएर चुनाव लडेका तत्कालीन संघीय समाजवादी फोरम (पछि समाजवादी पार्टी भएको) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पनि केही महिनाअघि एकीकरण प्रक्रिया पूरा भएको छ । एकीकृत पार्टीको नाम जुरेको छ, जनता समाजवादी पार्टी (जसपा) । अब सदनमा संवैधानिक दृष्टिकोणले हेर्दा तीनवटा पार्टी मात्र छन्, जसपा, नेकपा र नेपाली कांग्रेस ।

    जसपाले विधानतः संरचनामा परिमार्जन गर्न नसक्दा प्रदेशसभामा अहिले पनि चारवटा पार्टी कायमै छ । यसले संसदीय दलको नेता तथा प्रमुख सचेतकलाई प्रदान गरिँदै आएको सेवासुविधाको अतिरिक्त भार प्रदेशसभाले झेल्नुपरिरहेको छ । संवैधानिक रुपले जसपाका एकजना संसदीय दलका नेता र एकजना प्रमुख सचेतक हुनुपर्नेमा अहिलेसम्म राजपा र सपाका छुट्टाछुट्टै दलका नेता र प्रमुख सचेतक कायम रही सोहीअनुरुप सेवासुविधा ग्रहण गरिरहेको प्रदेशसभा सचिवालयका कर्मचारी बताउँछन् ।

    दलको नेता चयन गर्ने के छ प्रक्रिया ?

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद ५ अनुसार पार्टीको निर्देशनमा निर्वाचित सांसदहरुले एकजना नेता चयन गर्नुपर्ने हुन्छ । नेता चयन गर्नुअघि संसदीय दलको विधान र नियमावली बनाउनुपर्ने हुन्छ । सोही विधानका आधारमा दलको नेता चयन गरिएपछि नेताले प्रदेशसभालाई आफू नेता भएको र दलको उपनेता तथा प्रमुख सचेतक भएको र आफूसँग यति संख्यामा सांसद रहेको विवरण उल्लेख गरी प्रदेशसभालाई पत्र लेख्नुपर्ने हुन्छ ।

    ‘सम्बन्धित दलको निर्देशनबमोजिम प्रदेशसभाको संसदीय दलका सदस्यले आफू मध्येबाट एकजना संसदीय दलको नेता निर्वाचित गर्नेछ । दलको निर्वाचन तथा त्यससम्बन्धी अन्य कुरा सम्बन्धित दलको विधानमा उल्लेख भएबमोजिम हुनेछ’ राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद ५ को दफा २५ मा उल्लेख छ ।

    त्यस्तै सोही परिच्छेदको दफा २६ मा लेखिएको छ, ‘संसदीय दलमा त्यस्तो नेताको अतिरिक्त आवश्यकताअनुसार उपनेता, सचेतक वा सदस्य-सचिव रहनेछन् । उपनेता, सचेतक वा सदस्य-सचिव संसदीय नेताले दलका सदस्य मध्येबाटै मनोनयन गर्नेछ र दलका पदाधिकारीको विवरण प्रदेशसभा सचिवालयमा उपलब्ध गराउनु पर्नेछ ।’

    पार्टी एकीकरण भइसकेपछि दलको नेता र प्रमुख सचेतक चयन गर्नेलगायत प्रक्रिया पूरा गर्न निर्वाचन आयोगले दललाई पत्र लेख्‍ने चलन छ । उक्त पत्र जनता समाजवादी पार्टीसमक्ष पुगिसकेको प्रदेशसभा सदस्य रामअशिष यादव बताउँछन् । तर, आयोगले लेखेको उक्त पत्रमा र ऐनमा दलको नेता चयन गरिहाल्नुपर्ने निश्चित म्याद भने उल्लेख नरहेको यादव बताउँछन् । आयोगले पत्र पठाएको कति दिनभित्र यो प्रक्रिया पूरा गरिहाल्नुपर्ने हो भन्‍ने बाध्यात्मक अवस्था नभए पनि दलका नेता र प्रमुख सचेतकलगायतले प्राप्त गरिरहेको दोहोरो सुविधा रोक्नकै लागि भए पनि सकेसम्म छिटो यो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

    के गर्दै छ पार्टीले ?

    प्रदेश २ एकमात्र प्रदेश हो जहाँ नेकपा इतर सरकार छ । यस प्रदेशमा संयुक्त गठबन्धन बनाएर चुनाव लडेका तत्कालीन समाजवादी पार्टी र राजपाको सरकार छ । अहिले दुवै दल एकीकरण भइसकेपछि एकल सरकार भएको छ । तर, पछिल्लो करिब साढे दुई वर्षसम्म सरकार सञ्चालनको क्रममा जनताको मनोभावना र दलभित्रको असन्तुष्टिलाई समेत सम्बोधन गर्न नसकेको भन्दै वर्तमान सरकारको विकल्पमा आवाज बुलन्द भइरहेको छ । यसै अवस्थामा आगामी सरकारको मुख्यमन्त्री बनाउने सांसदलाई दलका नेता चयन गर्ने सवालमा पार्टीभित्र बहस केन्द्रित हुन पुगेको छ ।

    पार्टीभित्र तीनवटा मोडालिटीमा छलफल चलिरहेको एक सांसदले जानकारी दिए । उनका अनुसार पहिलो मोडालिटी भनेको मुख्यमन्त्रीलाई यथावत् राख्‍ने र सबै मन्त्रीलाई हटाएर नयाँ अनुहार ल्याउने । अर्को, मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु विजयकुमार यादव तथा जितेन्द्र सोनललाई यथावत् राखेर बाँकी अनुहार फेर्ने । तेस्रो, मुख्यमन्त्रीसमेत पुरै मन्त्रीमण्डल नै हेरफेर गर्ने ।

    “पार्टीको केन्द्रीय नेतृत्व तहमा जे सुकै छलफल चले पनि मुख्यमन्त्रीसमेत पूरै सरकार फेर्नुपर्ने आवश्यक्ता छ,” प्रदेशसभा सदस्य अशोक यादव भन्छन्, “जे विषयमा हामीले हिजो केन्द्रिकृत शासन व्यवस्थाको विरोध गर्‍यौं, आज संघीयतामा आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले पनि दोहोर्‍याउँदै छ । यो प्रवृत्तिलाई कदापि स्वीकार गर्न सकिन्‍न ।” सांसद यादवले तत्काल सरकार परिवर्तन गर्न जनताको मनोभावना र सहिदको रगतको कदर हुनेगरी सरकार सञ्चालन गर्न सक्ने सक्षम नेतृत्वको खोजी भइरहेको बताए 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑