• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘योभन्दा खराब अवस्था आउन सक्छ, तर आत्तिनु पर्दैन’

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार ०९:००
  • २०४९

    वीरगंज। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् ।

    आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले बताए । उनले भने, ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ ।’

    कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए । अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे ।

    ‘अहिले टोल/छिमेकमा संक्रमण देखिँदै जाँदा आत्तिनु पर्दैन, अन्य देशको जस्तो हाम्रोमा संक्रमण फैलिन्न’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. भान्देलारले भने, ‘समाजका सबै मानिस संक्रमित हुने होइनन् ।’

    नेपालमा भेटिएका अधिकांश संक्रमितमा मन्द लक्षण देखिएको र यो घातक नहुने उनको कथन छ ।

    नेपाल भर्खर संघीयतामा गएको र यस्तो बेला केन्द्र सरकारले मात्र कोभिड नियन्त्रण गर्न नसक्ने उनले बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिएका डब्ल्यूएचओका प्रतिनिधि डा. भान्देलारले भने, ‘स्थानीय सरकारले कन्ट्याक ट्रेसिङको लागि केन्द्र सरकारलाई सहयोग गर्नुपर्छ । संक्रमितको सम्पर्कमा आएकाहरूलाई फलोअप गर्न पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ ।’

    महामारीका बेला निजी स्वास्थ्य संस्थाले आफू पृथक क्षेत्र हो भनेर सोच्न नहुने र सरकारले पनि उनीहरूको लागतमा सहमति खोज्नुपर्ने बताए । उनले भने, ‘निजी अस्पताल, त्यहाँ रहेका बेड र स्वास्थ्यकर्मीहरू सरकारले अधिकतम प्रयोग गर्नुपर्छ, जसका कारण महामारीसँग लड्न सकियोस् ।’

    विश्व स्वास्थ्य संगठनले पनि कोभिड महामारी नियन्त्रण गर्न सरकारलाई सहयोग गरिरहेको उनले बताए । उनकाअनुसार तीनै तहको सरकारलाई डब्ल्यूएचओले तथ्यांक संकलनदेखि लिएर लजिस्टिकमा सहयोग गरिरहेको छ ।

    डब्ल्यूएचओका प्रतिनिधि डा. भान्देलारले स्वास्थ्य सेवाको पहुँच सर्वसुलभ र गुणस्तरीय हुनुपर्नेमा समेत जोड दिएका छन् । ‘नेपालले गुणस्तर अझै सुधार्नुपर्ने देखिन्छ’ उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशमा कति अस्पताल छन्, उपकरण र स्वास्थ्यकर्मीको अवस्था के कस्तो रहेछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

    कोरोना महामारीपछि फेरि नयाँ जीवन सुरु गर्न नेपालको दृढ इच्छाशक्ति रहेको समेत उनले बताएका छन् । कोभिड भनेको स्वास्थ्य समस्या मात्रै नभएर आर्थिक र मानसिक समस्या समेत रहेको भन्दै डा. भान्देलारले भने ‘त्यसैले यो महामारीसँग राष्ट्र, नागरिक र समाज एकजुट भएर लड्नुपर्छ ।’

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑