• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकारलाई कोरोना : रोकिएन समाचार, रेडियो नै आइसोलेसन

  • वीरगंज संजाल
  • ९ भाद्र २०७७, मंगलवार १४:२५
  • ३३०९

    वीरगंज | कोरोनाको महामारीमा देश अस्तव्यस्त बनेको छ। विभिन्‍न पेशा तथा व्यवसायमा लागेका व्यक्ति संक्रमित हुने क्रम जारी छ। कोरोनाका बिरामी उपचार गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सूचना संकलन गर्ने पत्रकारहरू कोरोना संक्रमणको जोखिममा रहेका छन्। देशभर उल्लेख्य संख्यामा पत्रकारलाई पनि कोरोना देखिन थालेको छ।

    यस्तै, वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेशन म्यानेजरसहित ७ जना रेडियोकर्मी संक्रमित भएपछि रेडियोमा नै आइसोलेसनको व्यवस्था गरेर पत्रकारको सेवा गरिरहेको छ।

     रेडियोका अध्यक्ष गोविन्द देवकोटाले भदौ ४ गते रेडियोमा कार्यरतमध्ये ६ जना साथीहरुले परीक्षण गराउँदा ५ जना संक्रमित भेटिएको बताए।

    ‘संक्रमित सबै साथीहरुलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो बन्द हुने स्थितीमा पुग्यो’, उनले भने, ‘रेडियोका सबै साथी अस्पताल गएपछि रेडियो बन्द हुने अवस्था आयो।

    साथीहरुले आफूहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएकोले बरु रेडियोमा काम गर्दै रेडियोमा बस्ने बन्दोबस्त गरिदिन आग्रह गरेपछि हामीले रेडियोमा नै आइसोलेसन बनाउने निर्णय गर्यौ।’

    रेडियोको मूल मर्म नै आफू जोखिममा रहेको अवस्थामा पनि संकटमा रहेको समुदायलाई सूचना दिन बन्द नगरेको उनले बताए।रेडियोमा कार्यरत रहेको अवस्थामा संक्रमित भएपछि केही दिन अघिमात्र नेगेटिभ रिर्पोट आएका ३ जना साथीहरु समेत होम क्‍वारेन्टाइनमा बसिरहेको उनले जानकारी दिए। स्तरमा भयावह अवस्थामा फैलिएको छ। नागरिकलाई पलपलमा सूचनाको खाँचो छ। 

    अप्ठ्यारो स्थितिमा संक्रमण भएका पाँच साथीहरुले रेडियोमै आइसोलेशन बनाएर रेडियो संचालन गर्ने निर्णयमा पुगेको देवकोटाले बताए। लगातार सूचना सम्प्रेषण गरिरहेका साथीहरुलाई संक्रमित भएको सूचना पाएपछि देवकोटा आफैं पनि तनावमा छन्।

    तर, लक्षण नदेखिएका संक्रमित साथीहरुले आफूहरु रेडियोमा बसेर काम गर्न सक्छौ भन्‍ने विश्वास दिलाएको उनले उल्लेख गरे। ‘रेडियोमा कार्यरत साथीहरु संक्रमित हुने क्रम बढ्दो अवस्थामा देखिएको छ। गत साउन १८ गते स्टेशन प्रमुख नै संक्रमित हुनुभयो। उहाँ साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थ केयरमा भर्ना हुनुभयो ।

    अस्पताल भर्ना भएको १२ दिनपछि उहाँ कोरोनामुक्त भएर साउन ३० घर फर्किनु भयो। उहाँ हाल घरमा स्वास्थ्य लाभ गरिरहनु भएको छ’, उनले भने। साउन २८ गते रेडियोका अन्य ५ जनाले परीक्षण गराएका थिए। जसमा एकजना प्राविधिकलाई संक्रमण देखियो। तर उनको सम्पर्कमा रहेका अरु चारजनाको नेगेटिभ आयो। 

    उक्त एफएम १५ जना कर्मचारी रहेका छन्। जसमध्ये अहिले ७ जना आइसोलेसनमा र ८ जना साथीहरु होम क्‍वारेन्टाइनमा बसेका छन्। बिरामी भएर आइसोलेसनमा भएर बसेकाले जटिल परिस्थितिको सामना गर्दै सूचना सम्प्रेषण गरिरहेका देवकोटाले बताए।  ‘रेडियोमा आइसोलेसनमा रहनु भएका शिवनाथ यादवले समाचारका सबै बुलेटिनलाई निरन्तरता दिनु भएको छ।

    अहिले रेडियोको आइसोलेसनमा लेखा प्रशासन प्रमुखसहित दुईजना प्राविधिक, एकजना कार्यालय सहयोगी र समाचारमा शिवनाथ हुनुहुन्छ’,उनले भने, ‘उहाँहरुले देखाउनु भएको साहस र हौसलाप्रति नमन गर्न चाहन्छु। संक्रमित भए पनि स्टेशन प्रमुखसहितले खेलेको भूमिकाप्रति नतमस्तक भएको छु।

    ‘ अहिले वीरगन्जको समुदायमा कोरोना आतंक छ। वीरगन्ज देशको भारततर्फ मुख्यद्वार हो। तर, सरकारले वीरगन्जलाई गम्भीर रुपमा नलिँदा देशभर भयावह स्थिति आउन थालेको देवकोटाले बताए। ‘देशका विभिन्‍न क्षेत्रमा यही नाकाबाट खाद्यान्‍नदेखि अन्य सामाग्री पुग्ने गरेको छ।

    तर, सरकारले यसतर्फ ध्यान दिन नसक्दा देशमा नै गम्भीर संकट पर्न सक्छ’, उनले भने। वीरगन्जमा हाल दुईवटा कोभिड अस्पताल छन्। महानगरले संचालन गरेको गण्डक अस्पताल र प्रशासनले संचालन गरेको वीरगन्ज हेल्थ केयर।

    क्रमश: ७० र १२० आइसोलेसन कक्ष रहेका ती अस्पताल पूरै भरिएका छन्। समुदायमा कोरोना फैलिए पनि संघीय र प्रदेश सरकारले यसलाई गम्भीर रुपमा नलिँदा थप जटिलता उत्पन्‍न भएको छ।यो समाचार थाखाबरमा प्रकाशित गरिएको छ|

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑