• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहुगुणी मनतातो पानीको यस्ता छन् फाइदा

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार ०५:३०
  • ३४४५

    वीरगंज । दैनिक पर्याप्त पानी पिउने मानिसको छाला, मांसपेशी र जोर्नी स्वस्थ रहनसक्छ ।  हाम्रो शरीरलाई पोषक तत्व अवशोषित गर्न र रोगसँग लड्न पानीले सहयोग गर्छ ।  साथै दैनिक केही गिलास मनतातो वा तातो पानी पिउने गरेमा थप फाइदा हामीले पाउन सक्छौँ ।

    तातो पानी पिउनाले शरीरलाई पुग्ने फाइदाका बारेमा खासै वैज्ञानिक अनुसन्धान नभए पनि वैकल्पिक चिकित्सामा लागेकाले स्वास्थ्य सुधार गर्न तातो पानीलाई सजिलो माध्यम मानेका छन् ।

    हजारौँ वर्षदेखि मानिसले तातो पानी पिउने गरेको छ ।  परम्परागत उपचार पद्धतिमा विश्वास गर्नेसँग तातो पानीले स्वास्थ्यमा पुग्ने फाइदाका बारेमा कैयौँ दृष्टान्त छन् तर विज्ञानले मानिसको शरीरमा तातो पानीको फाइदाका बारेमा अनुसन्धान गर्न थालेको धेरै समय भएको छैन ।

    स्वस्थ पाचन

    मानिसले पर्याप्त मात्रामा पानी नपिएमा उसको सानो आन्द्राले खानाबाट आएको अधिकांश पानी अवशोषित गर्छ ।  यसले गर्दा जलवियोजनको अवस्था आउँछ र पाचन प्रक्रियामा त्यसको दुष्प्रभाव पर्छ ।

    नराम्रोसँग जलवियोजन हुँदा कब्जियत पनि त्यस्तै खालको हुन्छ ।  जसको नतिजामा मल त्याग गर्न गाह्रो हुने, दिसामा रगत जाने र पेट ढाढिने गर्छ ।  तातो पानी पिउने गरेमा यो समस्या या त आउँदैन वा कम भएर जान्छ ।

    शरीर शुद्धीकरण

    प्राकृतिक चिकित्साको वकालत गर्नेले शरीरको सफाइमा तातो पानीको महìव रहेको बताउँछन् ।  जब पानी तातो हुन्छ त्यसले शरीरको तापक्रम वृद्धि गर्छ ।  जस कारणले पसिना आउँछ ।  पसिनाले शरीरबाट विषालु तत्व निकाल्छ र छाला स्वस्थ रहन्छ ।

    रक्तसञ्चारमा सुधार 

    तातो पानीलाई रक्तसञ्चार सुधारकका रूपमा लिइएको छ ।  अर्थात् यसले रक्त नलीलाई रक्त प्रवाहका लागि सहज बनाउँछ ।  यसबाट मांसपेशीलाई आराम पुग्ने र पीड कम हुने गर्छ ।

    तौल घटाउँछ 

    धेरै पानी पिउँदा शरीरको तौल कम हुने मान्यतामा धेरै पहिलेदेखि अनुसन्धानकर्मीको चासो छ ।  यसको पछाडिको कारण के हुनसक्छ भने धेरै पानी पिउँदा पेट भरिएको महसुस हुन्छ र कम खाइन्छ ।

    साथै पानीले शरीरलाई पोषक तत्व अवशोषित गर्न र फोहोर वस्तु बाहिर निकाल्न पनि सहयोग गर्छ ।  सन् २०१३ मा प्रकाशित गरिएको एउटा अनुसन्धानले चिसो पानी पिउनेले तातो पानी पिउन सुरु गर्दा शरीरको तौल घट्ने निष्कर्ष दिएको थियो ।

    खाना खानुअघि आधा लिटर पानी पिउने हो भने शरीरको आन्तरिक पाचन प्रणाली ३० प्रतिशतले वृद्धि हुने समेत सो अनुसन्धान पत्रमा उल्लेख गरियो ।

    पीडाहरक

    तातो पानीले रक्तसञ्चार सुमधुर पार्छ र रक्तप्रवाहमा सुधार आउँछ ।  खासगरी चोट लागेको मांसपेशीलाई यसले फाइदा पुग्छ ।  तथापि यसमा वैज्ञानिक आधार पत्ता लगाइएको छैन ।  तैपनि मानिसले तातो पानीले शरीर सेक्ने अभ्यास अद्यापि छँदैछ ।

    चिसोबाट बच्न र नाकका स्वास्थ्य सुधार्न 

    चिसो र नाकको एलर्जीले नाकमा परेको दबाब कम गर्न तातो पानीले मद्दत पुग्छ ।  पानीको बाफ लिँदासमेत फाइदा हुन्छ ।  तातो पानीले नाकमा जमेको सिँगान पगाल्छ र नाक खुल्छ ।

    तनाव कम गर्न 

    एक कप तातो पानी चिया पिएसरह पिउने गरेमा तनाव कम गर्न सहयोग पुग्नसक्छ ।  तातो चिया वा कफीले समेत मानसिक स्वास्थ्य सुधार्नमा सहयोग पुग्ने देखिएको छ ।  चिया वा कफीको केफिनले मानसिक स्वास्थ्य सुध्रने दाबी गरिन्छ तर तातोले समेत त्यसमा योगदान गर्ने कुरा  बिर्सनुहुन्न ।

    तातो पानीको जोखिम 

    तातो पानीको सबैभन्दा पहिलो जोखिम भनेको त तातोले पोल्ने नै हो ।  औँलाको टुप्पो वा औँलामा ठिक्क लाग्ने तातो पानीले जिब्रो वा घाँटी पोल्न सक्छ ।  त्यसैले निकै तातो पानी पिउनुहुँदैन ।  साथै तातो पानी भन्दै चिया र कफी धेरै पिउन थालेमा शरीरमा केफिनको दुष्प्रभाव पर्नसक्छ ।  (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑