एजेन्सी | चीनले गत जुलाईदेखि नै ‘उच्च खतरा’ मा रहेका मानिसहरुमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्न थालिएको जनाएको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवीले २२ जुलाईमा खोपले स्वीकृति पाएसँगै परीक्षण थालिएको जनाएका हुन्।
उनका अनुसार फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सीमा जाँच अधिकारीहरुमा खोप परीक्षण गरिएको हो।
चाइना नेशनल बायोटिक ग्रुप कम्पनीको सिनोफार्मले तयार पारेको यो खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको संयुक्त अरब इमिरेट्स, पेरु, मोरक्को र अर्जेन्टिनामा परीक्षण भइरहेको छ।