सखुवा प्रसौनी गाउँपालिका २९ वटा बिद्यालयका शिक्षिका तथा कार्यालय सहयोगीले पोषाक भाता पाएन
वीरगंज संजाल
३१ भाद्र २०७६, मंगलवार २१:१४
६४५३
सखुवाप्रसौनी| रामकिशोर चौधरी| सरकारले वजेट मार्फत बढाएको सेवा सुविधाहरु नपाएको भन्दै पर्साको सखुवा प्रसौनी गाउँपालिकाका वाल विकास केन्द्रका शिक्षिका तथा सहयोगीहरु आक्रोशित भएका छन् । उनीहरुले पोषाक भाता समेत नपाएको गुनासो गरेका छन् ।
सखुवाप्रसौनी गाउँपालिकाका २९ वटा बिद्यालयका बालविकास केन्द्रका शिक्षिका र बिद्यालय सहयोगीहरू पोषाक भत्ता र तलब वृद्धि नपाएको गुनासो लिएर गाउँपालिकामा पुगेका छ्न सखुवाप्रसौनी गाउँपालिकाको उपाध्यक्ष फुलमती देवी चौधरी र कार्यालय प्रशासकीय अधिकृत सन्देश यादवलाई भेट गर्दै उनीहरुले सरकारले दिने भनेको सुविधा किन उपलब्ध नगाइएको प्रश्न सोधेका थिए ।
वालविकास केन्द्रका शिक्षिकाहरु तथा कार्यालय सहयोगीहरुकोले गाउँपालिकाले हामीलाई भेदभाव गर्न खाजेको गुनासो उपाध्यक्ष चौधरी र प्रशासकिय अधिकृत यादव सामु गरेका थिए ।