• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा मुख्यमन्त्री परिवर्तनको चर्चा, सुरु भयो नेताहरुको दौडधुप

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार ०९:१५
  • ३७६९

    वीरगंज। प्रदेश २ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ ।

    प्रदेश २ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश २ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो ।

    योसँगै प्रदेश २ प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु भएको छ । दुवै दलको संसदीय दललाई एकीकृत गरी जनता समाजवादी पार्टी नेपालको ससदीय दल गठन हुनेछ ।

    यो सँगै प्रदेश २ मा अब मुख्यमन्त्री को बन्ला भन्ने चर्चा पनि शुरु भएको छ ।प्रदेश २ मा हाल समाजवादी पार्टी र राजपा नेपालको अलग अलग संसदीय दल छन् ।

    दुवै दल एक भएपछि संसदीय दलमा जसपा नेपाल अस्तित्वमा आउने छ । जसपा नेपालका संसदीय दलका नेता हुने व्यक्ति नै अब प्रदेश २ को मुख्यमन्त्री हुनेछ । त्यसैले संसदीय दलको नेता बन्नका लागि नेताहरुको दौडधुप शुरु भएको छ ।

    प्रदेशसभाका सभामुख सरोज यादवले जसपा नेपालले दल एकीकरण भएको जानकारी पत्र पठाएको र त्यो प्राप्त भएको जानकारी दिए । प्रदेशसभा सञ्चालन हुने बित्तिकै एकीकरणको प्रकृया शुरु गर्ने उनले बताए ।

    जनकपुरमा हाल निषेधाज्ञा जारी छ । त्यो हट्ने बित्तिकै बैठक बसेर दुवै पार्टीको संसदीय दलको एकीकरण प्रकृया शुरु हुने उनले बताए । 

    मुख्यमन्त्री लालबाबु राउतले पनि प्रदेशसभाको बैठक बोलाएर एकीकरण प्रकृया टुङ्गो लगाउन भनेको सभामुख यादवले बताए । षेधज्ञाको अवधि भदौ १४ सम्म जारी रहेछ । आइतबार सकिन लागेको निषेधाज्ञा पुन थपेर १४ गतेसम्म कायम गरिएको हो । 

    निषेधाज्ञा रहेसम्म प्रदेशसभाको बैठक बस्ने छैन । संसदीय दल एकीकरण नभएसम्म त्यहाँको सरकारमा पनि हेरफेर हुने छैन । मुख्यमन्त्री, मन्त्रीहरुले सकभर यो सरकारलाई नै निरन्तरता दिन चाहेका छन् । उनीहरुले आआफ्नो तर्फबाट केन्द्रमा त्यसकै लागि पहल पनि गरिरहेका छन् ।

    प्रदेश २ सरकारको अवधि लगभग दुई वर्षमात्र बाँकी छ । यसैलाई निरन्तरता दिनका लागि मुख्यमन्त्री राउतले केन्द्रमा लबिङ गरेका छन् । उनी काठमाडौंमा भएको बेला जसपाका शीर्ष नेताहरुलाई भेटेर वर्तमान सरकारलाई नै निरन्तरता दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

    त्यसका लागि आफूलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउन उनले नेताहरुलाई आग्रह गरेका छन् ।अहिले तत्कालीन राजपा नेपालका तर्फबाट लालबाबुर राउत संसदीय दलका नेता छन् भने राजपा नेपालका तर्फबाट जितेन्द्र सोनल संसदीय दलका नेता हुन् ।

    मुख्यमन्त्री राउतले वर्तमान सरकारलाई नै निरन्तरता दिन आग्रह गरिरहेको बेला जसपा नेपालका प्रदेश सांसदहरुले सरकार परिवर्तनका लागि आग्रह गरेका थिए । जसपा नेपालका १५ जना प्रदेश सांसदले शीर्ष नेताहरुलाई भेटेर मुख्यमन्त्री राउत नेतृत्वको सरकार असफल भइसकेको र यसलाई परिवर्तन गरि अर्को सरकार बनाउन आग्रह गरेका थिए ।

    वर्तमान सरकारका अधिकांश मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको, जनतासँग गरेको प्रतिवद्धताअनुसार काम नगरेको कारण प्रदेश मन्त्रिपरिषद् पुरै परिवर्तन गरि नयाँ बनाउन उनीहरुले आग्रह गरेका थिए ।

    प्रदेश २ संसदीय दलमा एकीकरण भएपछि नयाँ संसदीय दलका नेता चयन हुनेछ । बहुमत प्राप्त दलको संसदीय दलका नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान रहे अनुसार संसदीय दलको नेता बन्नका लागि दौडधुप बाक्लिएको जसपा नेपालका नेताहरु बताउँछन् ।

    संसदीय दलका आकांक्षी हालका मुख्यमन्त्री राउतसहित जितेन्द्र सोनल, मनिष सुमन, योगेन्द्र राय यादव, विजय यादवलगायतका छन् । उनीहरुले आआफ्नो तर्फबाट लबिङ गरिरहेका छन् ।

    अहिलेको सरकारमा सबभन्दा बढी आलोचना मुख्यमन्त्री राउत र अर्थ मन्त्री विजय यादवको भएको छ । दुईजनाको अन्तरद्वन्द्वका कारण प्रदेश २ का सरकार कमजोर भएको आरोप नेताहरुको छ ।

    यसअघि पनि मुख्यमन्त्री पदका लागि यी दुईजनाबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा लालबाबु राउतले जितेपछि विजय यादवले त्यसलाई प्रतिष्ठाको विषय बनाएर सरकारमा मुख्यमन्त्रीलाई असहयोग गरिरहेका छन् । र, त्यो असहयोगका कारण पुरै सरकार कमजोर भएको त्यहाँका नेताहरु बताउँछन् ।ratopati

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑