• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्यकर्मीलाई दुर्व्यवहार : भोलि आफैँ सङ्क्रमित भए कसले गर्ने उपचार !

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार ०८:१५
  • २७४५

    वीरगंज |  कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै सङ्क्रमितलाई मात्र होइन, उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहार बढ्न थालेको छ । स्वास्थ्यकर्मीमाथि समाजले गर्ने दुर्व्यवहार बढेपछि स्वास्थ्य मन्त्रालयलाई उनीहरुको सुरक्षा र राख्ने ठाउँको समस्या हुन थालेको छ । 

    कोरोना सङ्क्रमितसँग स्वास्थ्यकर्मीको प्रत्यक्ष भेटघाट हुने र यसले कोरोना सर्न सक्ने भ्रमका कारण उनीहरुमाथि लाञ्छना लगाउने र दुर्व्यवहार गर्ने घटना बढेको हो । केही दिनअघि कोेरोना सङ्क्रमित चितवनका एक जना डाक्टरको घरमा ‘यो सङ्क्रमितको घर हो’ भन्दै स्थानीय बासिन्दा ब्यानर टाँस्न पुगेका थिए । पछि डाक्टरले नै सम्झाइबुझाइ गरेपछि उनीहरुले त्यो गल्ती गरेनन् । फर्किए । 

    अहिले सङ्क्रमित ती डाक्टरको परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको छ । होम आइसोलेशनमा नै बसेका उहाँ कोरोना मुक्त भइसक्नुभयो । चितवनमा डाक्टरलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै काठमाण्डौको बानेश्वरमा डाक्टर र अरु स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ गरिएको घटना सार्वजनिक भएको छ । बानेश्वरको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राखिएको होस्टल स्थानीय बासिन्दाले घेराउ गरेका हुन् । 

    स्थानीय बासिन्दाले स्वास्थ्यकर्मी कोरोनाको सङ्क्रमणको स्रोत हुने भन्दै आफ्नो घर र घर वरिपरि प्रवेशमा नै रोक लगाउन थालेका छन् । ‘दिनरात उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि यति तुच्छ व्यवहार गरिन्छ कि त्यो देखेर र भन्ने कुनै शब्द नै छैन’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी प्रश्न गर्नुहुन्छ, ‘स्वास्थ्यकर्मीमाथि समाज यति धेरै क्रुर किन ?’

    बिरामीको ज्यान बचाउने डाक्टरलाई धेरैले भगवान पनि भन्छन् । तर कोरोना कहर बढेसँगै भगवानको रुपमा हेरिँदै आएका स्वास्थ्यकर्मीलाई हेर्ने धेरैको आँखा बदलिएको छ । दिनरात उपचारमा आफ्नो स्वास्थ्यलाई दाउमा रोखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समाजले शत्रु जस्तो व्यवहार गर्न थालेको छ । एक पटक सोचौँ त, समाजको यो व्यवहारले स्वास्थ्यकर्मीलाई कस्तो चोट पुगेको होला !

    दिनहुँ बढ्दैछ स्वास्थ्यकर्मीको निराशा

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीमा मानसिक तनाव बढेको बताउनुहुन्छ । उहाँका अनुसार हरेक दिन स्वास्थ्य मन्त्रालयमा सुरक्षा र बासको व्यवस्था मिलाउन भन्दै स्वास्थ्यकर्मीको गुनासो आउने गर्छ ।

    शिक्षित व्यक्तिको बाहुल्यता र सम्पन्न शहर भनिए पनि काठमाण्डौ उपत्यकामा नै यस्तो समस्या बढिरहेको उहाँ बताउनुहुन्छ । उपत्यका बाहिर त झन् बढी समस्या छ । भाडामा बस्नेलाई मात्रै होइन, अहिले आफ्नै घरमा पनि स्वास्थ्यकर्मीले बास पाउन मुश्किल छ । भाडा बसेकालाई घरबेटीले ताला लगाइदिने, घरै भएकालाई परिवारका सदस्य र आफन्तले काम छोड्न दबाब दिने जस्ता मानसिक समस्या स्वास्थ्यकर्मीले झेल्नु परेको छ  । 

    स्वाथ्यकर्मीसँग जम्काभेट भइहाले पनि अनुहारमा हेर्दै नहेर्ने, छिः छिः र दूरदूर गर्ने प्रवृत्ति बढ्दै गएकाले उनीहरुको सुरक्षामा नै चुनौती बढेको डा. अधिकारी बताउनुहुन्छ ।

    व्यक्तिको व्यवहार बदल्नुपर्छ

    नेपालको कानुनले कसैलाई गालीगलौज, दुर्व्यवहार र तिरस्कार गर्न रोकेको छ । त्यसमाथि डाक्टर र स्वास्थ्यकर्मीमाथि त दुर्व्यवहार र गालीगलौज गर्नै हुँदैन । महामारीको चुनौतीमा बिरामीको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई त हौसला र आत्मबल बढाउनुपर्ने खाँचो छ ।

    तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सङ्क्रमितमाथि सामाजिक तिरस्कार बढेको छ । मान्छेलाई मान्छेले विभेद गर्नु हुँदैन भन्ने कुरा समाजले बुझ्न नै नसकेको वा बुझ्नै नचाहेको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘यस्तो बेला अपमान होइन, माया, स्नेहको खाँचो भएकाले बिरामी र उपचारमा खटिनेलाई माया, सद्भाव र स्नेह बाँड्नु पर्छ । यसो गरेमा बिरामी छिट्टै ठिक हुन्छन् ।’उहाँले दुर्व्यवहार गर्ने विरुद्ध उजुरी परे कारबाही हुने पनि बताउनुभयो । विदेशबाट आएकाहरु र स्वास्थ्य तथा सुरक्षामा खटिनेहरुले कोरोना भाइरसको सङ्क्रमण फैलाए भन्नु गलत भएकाले यस विरुद्ध आवाज उठाउन उहाँको आग्रह छ । 

    कोरोना सङ्क्रमण हुनु कसैको दोष होइन । तर केही केही ठाउँमा सङ्क्रमित र सङ्क्रमितको स्वास्थ्य सुरक्षामा खटिनेलाई अपराधीको जस्तो व्यवहार गरिएको छ । यस्तो व्यवहार कानुनी रुपमा दण्डनीय त छँदैछ, मानवीय रुपमा पनि निन्दनीय छ ।

    कोरोनाको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नुअघि सबैले सोच्नुपर्छ, भोलि आफैँ सङ्क्रमित भएमा आज दुर्व्यवहार भोग्ने डाक्टर र स्वास्थ्यकर्मीले कसरी उपचार गर्लान् ? 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑