• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज सूर्य षष्ठी, यस्तो छ पूजा विधि र सूर्यको महत्व !

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार ०६:२५
  • ६३२५

    वीरगंज | सूर्य षष्ठी व्रत भाद्र शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्छ । यो पर्व भगवान सूर्यदेवको आराधना एवं पूजासँग सम्बन्धीत छ । यस दिन भगवान सूर्यको पूजा अनि सूर्य गायत्री मन्त्र स्मरण गरिन्छ । जीवन,वनस्पतिमा तथा पृथ्वीका लागि सूर्य प्राय सबै थोक हो किनकी सूर्यकै उर्जाका कारण यहाँ सबै वस्तु अस्तित्वमा रहेका छन् ।

    अतःयो दिन सूर्य भगवानको आराधना जुन श्रद्धालुले विधिवत तरीकाबाट गर्दछन् उसलाई पुत्र,धन,आरोग्य प्राप्ति हुन्छ । सूर्यदेवको शक्तिको उल्लेख वेद, पुराण र योग शास्त्र आदिमा विस्तार पूर्वक गरेको पाइन्छ ।

    दिवोदासको भनाई अनुसार–भाद्रशुक्ल षष्ठिमा नुहाएर सूर्यको पूजा गर्नुपर्दछ । पूजा गर्नुपूर्व पञ्चगव्यप्राशन गर्नु पर्दछ । यसरी सूर्यपूजा गर्दा अश्वमेध यज्ञको फलप्राप्त हुन्छ । कल्परुतग्रन्थमा उद्धृत भविष्यपुराणको वचनमा भनिएको छ–भाद्रशुक्ल षष्ठीका दिन जसले दक्षिणापधमा विराजमान भगवान् स्कन्धको दर्शन गर्दछ त्यो व्रह्महत्या आदि पापबाट मुक्त हुन्छ ।

    सूर्य षष्ठी व्रत विधि

    सूर्यषष्ठीको दिन सूर्योदय भन्दा अगावै घर या घरको नजिक कुनै जलाशय, नदी, नहरमा नुहाउनु पर्दछ । नुहाएपछी सात प्रकारको फल, चामल, तिल, दूवो, चन्दन आदिलाई पानीमा मिसाएर उदाउदै गरेको सूर्यलाई अर्घ दिएर आराधना गरि शुद्ध घीउको दीयो बाल्नु पर्दछ । त्यस्तै कपूर, धूप, रातो फूल आदिबाट भगवान सूर्यको पूजा गर्नु पर्दछ । त्यस पछि सूर्य मंत्र १०८ पटक जप्नु पर्दछ । “ऊँ घृणि सूर्याय नमः“ अथवा “ऊँ सूर्याय नमः“ अथवा “आदित्य हृदय स्तोत्र“ को पाठ पनि गर्न सकिन्छ । त्यस पछि दिनभर सूर्यदेवको आराधाना गर्नुपर्दछ । यो दिन असक्त, गरीब तथा व्राह्मणलाई आफ्नो सामथ्र्य अनुसार कपडा, खाना, अन्य उपयोगी वस्तु दान दिनु पर्दछ ।

    सूर्य षष्ठीको महत्व

    सूर्यलाई प्राचीन ग्रन्थहरुमा आत्मा एवं जीवन शक्तिको साथसाथै आरोग्यताको कारक मान्ने गरिएको छ । पुत्र प्राप्तिको लागि पनि यो व्रतको महत्व मानिएको छ र यस व्रतलाई श्रद्धा तथा विश्वास पुर्वक बस्नाले पिता–पुत्रमा प्रेम भाव बनिन्छ । सूर्यको किरण बिना संसारमा कुनै पनि जीव अनि बनस्पति हुन्न थियो । प्राणिहरुमा शक्ति एवं प्रकाश उजागर सूर्यले नै गर्छ । सूर्यको उपासनाबाट शरीर स्वस्थ रहन्छ ।

    सूर्य चिकित्साको उपयोग आयुर्वेदिक पद्धति तथा प्राकृतिक चिकित्सा पद्धतिमा गरिन्छ र शारिरिक दुर्बलता, हड्डिहरुमा कमजोरी या दुखाइहरुमा सूर्यको किरण द्वारा ठीक गरिन्छ । उदाउदो सूर्यलाई हेरेर सूर्य स्तुती गरेमा शारीरिक चर्मरोग आदि नष्ट हुन्छ । सूर्य षष्ठीको दिन जो व्यक्ति सूर्यको मन्त्र जप, स्तोत्र, कवच पाठ, पूजा उपासना तथा व्रत, दान, रातो फूल, बोट बिरुवाको सेवा, आँकको बिरुवा रोपेमा वा जुन सुकै सूर्यसँग सम्बन्धीत धार्मिक तथा सामाजिक काम गरेमा समस्त व्याधि भाग्नेछ भन्ने मान्यता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑