वीरगंज | मनोचिकित्सक डा. अरुण कुँवर भन्छन्– ‘सामान्य अवस्थामा दुर्व्यवहारका घटना हुँदा पीडितले भागेर कसैको सहयोग माग्न सक्थ्यो । तर, अहिले परिवारका सदस्य एउटै घरमा रहँदा त्यो सम्भावना रहँदैन ।’ उनका अनुसार यौन हिंसा, जबरजस्ती करणी, कुटपिट जस्ता महिला हिंसाका घटना मानसिक तनावले बढी सिर्जित हुन्छन् ।
‘मान्छेमा मेनिया भन्ने मानसिक रोग देखापरेपछि उसमा चिटचिटाहट बढी हुने, कसरी आनन्द लिने वा आफ्नो मनलाई कसरी खुसी राख्ने भन्नेमै उसको ध्यान जान्छ । फलस्वरुप उसले यौन हिंसाको बाटो रोज्छ,’ उनी भन्छन् ।
उनका अनुसार अर्को तनाव धेरै भएका बेला मानिसले मदिरा सेवन गर्छ । उनी भन्छन्, ‘मदिरा पिएपछि उसले आवेगमा अपराध गर्छ । तनावमा मानिसले अरू मनोरञ्जनको साधन भेट्दैन । उसले यौनमा रमाउँन खोज्छ र जबरजस्ती करणीका घटना गराउँछ ।’