अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानव बस्तीलाई नै असर गर्ने गरी क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलोलाई प्रमुख विपद घोषणा गरेका छन्।
डढेलो नियन्त्रण तथा राहत र उद्धारका लागि केन्द्र सरकारबाट बजेट पनि निकासा गर्ने ट्रम्पले बताएका छन् । क्यालिफोर्नियाका विभिन्न ५८५ स्थानमा डढेलो फैलिएको छ।
आगो नियन्त्रणमा लिनका लागि १४ हजार भन्दा बढी अग्निनियन्त्रक खटिएका छन्। तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भएको छ।
आगलागीका कारण अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गएको छ। हजारौँ मानिस बिस्थापित भएका छन्। डढेलोका कारण पहाडी तथा ग्रामीण क्षेत्रमा बढी प्रभाव परेको छ।