• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खोप र औषधिका बारेमा छलफल थाल !

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार ०९:१४
  • ३००५

    सोचेजस्तो रहेनछ कोरोना ! सरकारी निषेधाज्ञाले पनि कोभिड –१९ को संक्रमण समुदायमा फैलन निषेध गर्न सकेको देखिएन । घना जनसंख्या भएका सहबजारका साथै पातला बस्ती भएका गाउँहरूतिर पनि संक्रमण फैलिसकेको सन्देह झन् झन् पुष्टि हुँदैछ । अब त कतै यात्रा नगरेका र अरू यात्रुसँग संसर्ग पनि नभएका संक्रमित भेटिन थालेका छन् ।

    यस्तै नियमित स्वास्थ्य सेवा रोकिँदा अरू स्वास्थ्य समस्या बढेर जनस्वास्थ्यमा गम्भीर चुनौती थपिएका छन् । सरकार भने संक्रमित पहिचान गर्न प्रतिव्यक्ति एक लाखभन्दा धेरै लाग्यो भन्दै हिसाब सुनाएर बसेको छ । सरकारले हालै सार्वजनिक गरेको विवरणअनुसार गत साउनसम्म कोभिड – १९ को नियन्त्रण र उपचारका लागि राज्यको कोषबाट सबैतहका सरकारले गरी १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको छ । औषधि, स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार तथा जनशक्ति परिचालनमा यति रकम खर्च भएको जानकारी सरकारका प्रवक्ताले दिएका छन् ।

    सरकारकै प्रवक्ताले भनेपछि पत्याउनै प¥यो । राज्यको ढुकुटीबाट हुने खर्चको नक्कली नै भए पनि हिसाबकिताब हुन्छ । यसैले खर्च भएको राशिमा प्रश्न नगरौँला । हुनत, केही पहिले कोभिड–१९ सम्बन्धी खर्चको प्रधानमन्त्रीले नै दिएको विवरण गलत भएको थियो । यसपटक सरकारका प्रवक्ता अझ अर्थमन्त्रीसमेत रहेका मन्त्रीले भनेकाले हिसाब मिलेको होला ।

    तर, यो सबै खर्च विवरणमा भनिएजस्तो औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार र जनशक्तिमा भएको भन्ने पत्याउन जनतालाई मुस्किल पर्छ । यस खर्चको ठूलो हिस्सा भ्रष्टाचार भएको जनविश्वास छ । त्यसपछि सरकारी अधिकारीहरूको  बुद्धिहीनता र अकर्मण्यताले पनि यसको ठूलै राशि खेर गएको हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का सदस्यहरूको अज्ञान र अहंकारले सम्भवतः सबैभन्दा ठूलो क्षति भएको छ ।

    विज्ञहरूले नेपालमा कोभिड –१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाइएका उपायहरु प्रभावकारी हुन नसकेको तर बन्दाबन्दी, निषेधाज्ञा, कर्फ्युजस्ता अभ्यासबाट आर्थिक विकासमा नकारात्मक असर परेको यथार्थ औँल्याएका छन् । सरकारले प्राथमिकता निर्धारण र भ्रष्टाचार नियन्त्रण गर्न सकेको भए यति रकम खर्च हुँदा स्वास्थ्यकर्मीले न्यूनतम सुविधा नपाएको गुनासो गर्नुपर्ने अवस्था पक्कै हुने थिएन । यस्तै, क्वारेन्टिन र आइसोलेसनको यस्तो दुर्दशा पनि हुने थिएन ।

    सरकारले अलिकतिमात्रै पनि दूरदृष्टि देखाएको भए स्वास्थ्य सामग्रीदेखि क्वारेन्टिन, आइसोलेसनको प्रबन्ध यही रकमबाट गर्नसक्थ्यो । आफन्तलाई पोस्न संसारले अस्वीकार गरेको र विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको र्‍यापिड डायग्नोस्टिक टेस्टमा ठूलो धनराशि बर्बाद गरेकैले पनि सरकारको नियत र सुझबुझमा शंका उब्जेको हो ।

    अब औषधि र खोपको जोहो गर्ने बेला भइसकेको छ  । संसारका धेरै मुलुकहरूले आफ्ना मुलुकका जनतालाई कोभिड–१९ को खोप दिलाउने तयारीमा लागिसकेका छन् । नेपालमा भने जनताले भारतबाट आयात गर्न सकिने औषधिसमेत कालोबजारमा किन्नु परेको छ । खोप तयार भइहाल्यो भने नेपालीले फेरि कालोबजारमा किन्नुपर्ने त हैन ?

    खोपको परीक्षणमा सहभागी भएर पो नेपालले सजिलै खोप पाउँछ कि ? रुसले तयार गरेको भनिएको खोपको विश्वसनीयतामा शंका गरिएको छ । यो अर्को आरडीटी बन्ने त हैन ? सरकारले अहङ्कार त्यागेर व्यापक छलफल गराओस् र बेलैमा व्यवस्था गरोस् । यस्ता विषयमा राष्ट्रिय सहमति बनाउन सके सरकारकै लािग उपयोगी हुनेछ ।  थप मूर्खता र अहंकार नदेखाए पनि राज त कसैले खोस्ने थिएन !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑