• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्माण व्यवसायीले फिर्ता मागे धरौटी

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार ११:०६
  • २३६५

    वीरगंज  | निर्माण व्यवसायीले कोभिड १९ को कारण पयाप्त नगद नहुँदा निर्माणका काम रोकिएको बताएका छन् । लकडाउनपछि काममा प्रगति नभए पनि दसैंपछि कामको चाप बढ्ने भन्दै व्यवसायीले नगद प्रवाहमा सहजता मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

    ‘नगद प्रवाहमा समस्या छ, यही अवस्था रहिरहे निर्माणको काम अघि बढ्दैन,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘चैतदेखि राम्रोसँग काम गर्न पाएका छैनौं, जसले गर्दा लागत बढेर गएको छ ।’ काम गर्नलाई पैसा चाहिए पनि नहुँदा समस्या भएको उनले सुनाए ।

    सरकारसँग आफूहरूले अनुदान नमागेको उनले बताए । ठेक्काको धरौटीबापत सरकारले राखेको ५ प्रतिशत रकम फिर्ता दिए मात्र हुने उनको भनाइ छ । उनका अनुसार बैंकमा निर्माण क्षेत्रको ३ खर्ब ४१ अर्ब रुपैयाँ ऋण छ । बढीमा २० प्रतिशत सहुलियत ब्याजमा दुई वर्षमा तिर्ने गरी फन्डको व्यवस्था गरिदिनुपर्ने व्यवसायीको माग छ ।

    ‘सरकारले आफ्नो खातामा व्यवसायीबाट नगद कट्टा गरेको ५ प्रतिशत रकम राखेको हुन्छ, सिंहले भने, ‘जुन रकम सरकारले पनि चलाएको हुँदैन, हामीले पनि चलाउन पाएका छैनौं ।’ उक्त रकम निर्माण व्यवसायीलाई दिनुपर्ने आफूहरूको माग रहेको बताए । ‘यसका लागि धरौटी बराबरको बैंक ग्यारेन्टी हामी दिन्छौं,’ यसमा सरकार पनि सुरक्षित हुन्छ,’ उनले भने, ‘जति निर्माण व्यवसायीले काम गरेर धरौटी रकम बाँकी छ, त्यो हामीलाई नगद प्रवाह मिलाउन फिर्ता गरिदिनुपर्‍यो ।’

    यस्तो रकम २५ अर्ब रुपैयाँभन्दा बढी रहेको उनले जानकारी दिए । माघ, फागुनदेखि निर्माण सामग्रीको भुक्तानी दिन नसकिएको व्यवसायीले गुनासो गरे । ‘बिल बनाउन नसक्दा निर्माण सामग्री निर्माणस्थलमै छन् । काम गर्न पनि सकिएको छैन,’ सिंहले भने, ‘रकम नहुँदा कामदारलाई ज्याला पनि पूरै दिन सकिएन ।’ अहिले निर्माणस्थलमा कामदार छैनन् ।

    केहीकेही आयोजनामा मात्र सीमित कामदार छन् । उनीहरूलाई फेरि बोलाएर काममा लगाउनुपर्ने हुन्छ । घरबाट ल्याउनेदेखि बासस्थान बनाउनेसम्मका काममा नयाँ खर्च हुन्छ । ‘यसका लागि पनि रकम चाहिन्छ,’ सिंहले भने, ‘त्यसैले काम सुरु गर्न हामीलाई ६५ अर्ब रुपैयाँ चाहिन्छ ।’ सरकारले धरौटी रकम दिए अर्थतन्त्र पनि चलायमान हुने व्यवसायीको भनाइ छ ।

    अन्यथा सिजन सुरु भए पनि काममा जान नसकिने उनले बताए । दसैंअघि कोभिडसँगै कसरी काम गर्ने र यसमा लाग्ने लागतबारे निर्देशिका जारी गर्नुपर्ने निर्माण व्यवसायीको माग छ । सरकारी र गैरसरकारी गरी ८ खर्ब रुपैयाँका ५ हजार आयोजना चालु अवस्थामा छन् । जसमा म्याद थपसहित रुग्ण ठेक्का २७ सय पुगेका छन् । तिनको रकम २ खर्ब रुपैयाँभन्दा बढी छ । म्याद थपपछि करिब ५ सय ठेक्काको निर्माण सम्पन्न भइसकेको सिंहको दाबी छ । अहिले निर्माणको काम ठप्पप्रायः छ ।

    बर्खापछि गर्नुपर्ने सडक कालोपत्र र भवन निर्माणको काम असोज पहिलो साताबाट सुरु हुनेछ । निर्माणका सबै काम भने मंसिरबाट मात्र सुरु हुने अध्यक्ष सिंहले बताए । रुग्ण ठेक्काको काम कोरोनाले गर्दा सक्न नसकिएकाले त्यसका लागि थप एक वर्ष समय दिनुपर्ने उनको भनाइ छ । गत फागुन १५ बाट एक वर्षका लागि रुग्ण ठेक्काको म्याद थपिएको थियो ।

    सरकारले लकडाउनले गर्दा काम नभएको भन्दै ६ महिना समय थप गरिसकेको छ । सबै आयोजनामा गरेर करिब १५ लाखले रोजगारी पाएका छन् । अहिले कोरोनाले गर्दा प्रायः सबै बेरोजगार छन् । सबैभन्दा बढी ठेक्का सडक र पुलका छन् । धरौटी फिर्ता गर्ने कुरामा सरकार सकारात्मक देखिएको सिंहले बताए । ‘खरिद नियमावली संशोधन गरेर भए पनि धरौटी रकम फिर्ता दिन सरकार तयार छ,’ उनले भने ।

    सरकारले निर्माण व्यवसायीकै पक्षमा खरिद नियमावली यसअघि पटकपटक संशोधन गर्दै आएको छ । यता सडक विभागका महानिर्देशक केशवकुमार शर्मा व्यवसायीका माग जायज रहेको बताउँछन् । ‘संकटका बेला बजारमा पैसा छैन, त्यही भएर धरौटी राखिएको रकम उपयोग गर्न पाउनुपर्ने माग व्यवसायीले राखेका हुन्,’ उनले भने, ‘उनीहरूले बैंक ग्यारेन्टी दिए हामीलाई धरौटी फिर्ता गर्न समस्या छैन ।’

    निर्माण व्यवसायीका मागबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भइरहेको उनले जानकारी दिए । विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले रुग्ण ठेक्काका लागि थपिएको ६ महिनामा काम नभए नियमअनुसार कारबाही हुने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑